नायिका रीमा विश्वकर्माले आफ्नो सम्बन्ध टुटेपनि आफू नटुटेको बताएकी छिन् । डिभोर्सको खबर सार्वजनिक भएपछि केहि दिन मिडिया र आफन्तको सम्पर्कबाट टाढा बसेकी रीमाले एक चलचित्रमा नृत्य गरेकी छिन् ।

नायिका केकी अधिकारीको निर्माणमा तयार भैरहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को एक गीतमा रीमाले नृत्य गरिन् । उनी, चलचित्रको यहि गीतमा मात्र देखिनेछिन् ।

Image result for reema bishwakarma

काठमाण्डौको गोकर्णमा रहेको उत्तर बाहिनी मन्दिरमा सेट लगाएरै चलचित्रको गीतको सुटिङ गरिएको हो । रीमाले दिल खोलेर गीतमा नृत्य गरिन् । विशाल भण्डारीले चलचित्रको निर्देशन गरेका हुन् । भिडियोको कोरियोग्राफी भने गम्भिर बिष्टले गरेका हुन् ।

रीमाले मन र मुहारको तालमेल नमिल्दा पनि कहिलेकाही काम गर्नुपर्ने बताइन् । मुहार मुस्कुराएकै राम्रो भएतापनि कसैको मनमा कोहि पनि पस्न नसक्ने उनको भनाई थियो ।

 

Image result for reema bishwakarma

रीमा क्यामेरा अगाडि मुस्कुराएपनि कोरियोग्राफरले ‘कट’ भनेपछि केहि मलिन देखिन्थिन् । चलचित्रकी निर्मात्री केकी अधिकारी रीमाको मन वुझाउने प्रयासमा लागेकी थिइन् । चलचित्रको प्रदर्शन मिति वैशाख १४ लाई तोकिएको छ । अनलाइन खबर बाट साभार

 

Image result for reema bishwakarma

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah