ज्ञानेन्द्र काेइराला । गायक लक्ष्मण गुरूङकाे नयां गीत “जुन जस्ताे” सार्वजानिक भएकाे छ।प्रेम पाण्डे ”अनुपम” काे शब्दरचना रहेकाे यस गीतलाइ गायक स्वयमले संगीत दिएका हुन ।उदयिमान गायककाे यस नयाँ गीतकाे म्युजिक भिडियोलाई भरखरै युटुव बाट सार्वजनिक गरिएको हाे ।

पुर्वका रमणिय स्थलहरूमा छायांकन गरिएकाे भिडियाेले लगातार दशर्कहरूकाे मन जितीरहेकाे छ,जसकाे केही श्रेय जान्छ कलाकार साैरव र सरलालाइ उक्त भिडियाेमा उनिहरूकाे स्वभाविक अभिनय झल्किन्छ ।
पुर्वमा राम्रो ख्यती कमाएका र माेफसलमै रहेर अाफ्नाे कला यात्रामा संघर्ष गरि रहेका छायाकार तिलक रिजालले छायांकन तथा सम्पादनमा अाफ्नाे कला प्रस्तुत गरेका छन् भने पुर्वमै बसेर म्युजिक भिडियो,चलचित्र,लगायत अन्य भिडियोहरुमा श्रृङ्गारकाे छुट्टै भुमिका निभाउदै अाएका नबिन खवासले यस भिडियोमा निर्देशनकाे पुर्ण जिम्मेवारी निभाएका छन,जुन कुरा यस अघिका भिडियाेबाट पनि प्रस्ट हुन्छ ,उनका अन्य केही सफल भिडियाे यसअघी अाइसकेका छन।अागामि दिनहरुमा निर्देशनमै अाफ्नाे भविष्य खाेज्ने बताउछन उनि ।भिडियोको लागि तल हर्नुहाेेस



