झापाको दमक नगरपालिकामा ५ सय ४२ फिट अग्लो बुद्धको मुर्ति निर्माण हुने भएको छ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको दमक नगरपालिकाले जनाएको छ ।

त्यसैगरि चिनियाँ सरकारको लगानीमा बन्ने अदौगिक पार्क निर्माणको डीपीआर तयार भइसकेको नगरपालिकाकाले जनाएको छ । तर ती परियोजनाका लागि आवश्य जग्गा अधिग्रहण नगरिएका कारण भने मानिसहरुमा शंका व्याक्त छ ।

१५ अर्ब ७५ करोड रुपैयाँको लागतमा दमक ३ को २ सय ६५ बिघा जग्गामा बन्ने भनिएको बुद्धको पूर्ण कदको मूर्तिका लागि २५ बिघा बाहेक अन्य जग्गा अधिग्रहण गर्न बाँकी रहेको नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए । उक्त मूर्ति निर्माणका लागि चीन, ताइवान तथा कोरियाले रुची देखाएको अधिकृत दाहालको भनाइ छ।

दमक नगरपालिका कार्यालयका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको विगतको सरकारले दमकमा औद्योगिक पार्क र बुद्धको मूर्ति बनाउने निर्णय गरे बमोजिम विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah