नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रमा पर्ने झापाको दमक नगरपालिकामा बन्ने भनिएको ५ सय ४२ फिट अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको दमक नगरपालिका कार्यालयले जनाएको छ ।

त्यस्तै चिनियाँ सरकारको लगानीमा बन्ने भनिएको औद्योगिक पार्क निर्माण परियोजनाको डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन गर्ने तयारी भइरहेको कार्यालयका कार्यकारी अधिकृतले बताए।

ती परियोजनाहरुका लागि जग्गा अधिग्रहण गर्ने काम पनि नसकिएको हुनाले शंका गर्ने ठाउँ प्रशस्त रहेको विपक्षी दलका नेताहरुले प्रतिक्रिया दिएका छन्।

सहयोग

दमक नगरपालिका कार्यालयका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको विगतको सरकारले दमकमा औद्योगिक पार्क र बुद्धको मूर्ति बनाउने निर्णय गरे बमोजिम विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको हो।

जग्गा व्यवस्थापन भइसकेपछि दातृ निकायको सहयोगमा उक्त परियोजनाको निर्माण कार्य अगाडि बढाउँछौं
युवराज दाहाल, कार्यकारी अधिकृत, दमक नगरपालिका
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले भने, ‘नेपाल सरकार, पर्यटन बोर्ड र दमक नगरपालिकाको संयुक्त लगानीमा डीपीआरको काम सम्पन्न भइसकेको छ। जग्गा व्यवस्थापन भइसकेपछि दातृ निकायको सहयोगमा उक्त परियोजनाको निर्माण कार्य अगाडि बढाउँछौं।’

१५ अर्ब ७५ करोड रुपैयाँको लागतमा दमक ३ को २ सय ६५ बिघा जग्गामा बन्ने भनिएको बुद्धको पूर्ण कदको मूर्तिका लागि २५ बिघा बाहेक अन्य जग्गा अधिग्रहण गर्न बाँकी रहेको कार्यकारी अधिकृत दाहालले बताए।

उक्त मूर्ति निर्माणका लागि चीन, ताइवान तथा कोरियाले रुची देखाएको अधिकृत दाहालको भनाइ छ।

शिलान्यास

उनका अनुसार दमक नगरपालिका वडा नं १० मा २१ सय बिघा भन्दा बढी जग्गामा बन्ने भनिएको औद्योगिक पार्क निर्माणका १६ सय बिघा जग्गा अधिग्रहणको क्रममा छ।

करिब छ देखि सात महिनाभित्रमा शिलान्यास गरेर ती परियोजनाका काम शुरु गर्छौं
रोशन विष्ट, सभापति, दमक, नेपाली कांग्रेस
उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन तयारीको क्रममा रहेको बताइएको छ।

उक्त परियोजनाको निर्माण चिनियाँ सरकारले गर्ने दाहालले बताए ।

उनले भने, ‘चीन सरकारले औद्योगिक पार्कको पूर्वाधार निर्माण र योजनाका लागि ३ खर्ब ३३ अर्ब रुपैयाँ छुट्याएको छ। करिब छ देखि सात महिनाभित्रमा शिलान्यास गरेर ती परियोजनाका काम शुरु गर्छौं।’

तर विपक्षी नेपाली कांग्रेसका स्थानीय नेताहरुले उक्त परियोजनाहरुमा नेकपा एमालेका अध्यक्षको ओलीको चुनावी नारा जस्तो मात्र देखिएका कारण प्रशस्त शंका गर्ने ठाउँ रहेको बताएका छन् ।

नेपाली कांग्रेसका दमक सभापति रोशन विष्टले भने, ‘स्थानीय तहको निर्वाचनमा पनि केही चिनियाँ मान्छे ल्याएर काम गरेको देखाइयो। अहिलेको निर्वाचनमा पनि त्यस्तै भयो। दमकबासीलाई बने हुन्थ्यो भन्ने छ। हामी विकास विरोधी होइनौं। हामीले सक्ने सहयोग गर्छौं।’

तर दमक नगरपालिका कार्यालयले यसअघिका कामहरु नदेखिने प्रकृतिका भएका र अब भने उक्त परियोजनाका कामका प्रगति देखिने दावी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah