विष्णुप्रसाद पोखरेल

दमक/झापाको प्रमुख समस्या नै हात्ती आँतक बन्न थालेको छ । झापालीहरुले घरदैलोमा भोट माग्न आउनेलाइ हात्ती नियण्त्रणलाइ प्राथमिकता दिन समेत आग्रह गर्दै आएका थिए ।

निर्वाचन सकिए लगत्तै झापाको धुलावारी सहितका क्षेत्रहरुमा फेरी हात्ती आंतक शुरु भएको छ । स्थानीयहरुको निन्द्रा हराएको छ । तनाव शुरु भएको छ ।

मेचीनगर नगरपालीका १० धुलाबारीमा हिजो ८ वटाको समुहमा आएको जंगली हात्तीले आतंक मच्चाएको छ । आइतवार बिहान ५ बजे आएको हात्तीलाई प्रहरी र स्थानीयले खेदाउने प्रयास गरेका थिए।

धुलाबारी प्रहरीका अनुसार ५ बटा माउँ र ३ बटा बच्चाको साथमा हात्ती बिहान साढे चार बजेको समयमा गाँउमा आएको हो । स्थानीयले आगो समेत लगाउने प्रयास गरेका थिए ।

हात्ती जनधनको क्षति नगरेको भएपनि त्रास फैल्याएको प्रहरीले जानकारी दिएको छ । बिद्यालयमा रहेका बिद्यार्थी तथा बाटोमा हिडिरहेकाहरु समेत समुहमा आएको हात्ति देखेर भागेका थिए ।

अहिले पनि हिजो आउका हात्तीहरु स्थानिय जंगलमा नै रहेकाले बालबालिकाहरु घरबाहिर निस्कन डराएकाछन् । त्यस क्षेत्रका स्थानियहरु बाहिर काम गर्न निस्कन सकेका छैनन् ।

अहिले धान धन्क्याउने बेला भएको छ । किसानको धान खानका लागि हात्तीहरु आउने गर्छन् । उनिहरुलाइ यो समयमा आफ्नो आहार जुटाउन सहज भएकाले हुलका हुल हात्तीहरु आउने गरेको स्थानीयहरुको भोगाइ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah