१४ वर्ष जेल बसें तर कुनै पूर्जीमा हस्तक्षर गरिन । कतिसम्म भने जेलबाट छुट्दा पनि छुटकारा पूर्जीमा हस्ताक्षर नगरी निस्किएँ’ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बधाई दिन ओली निवास बालकोट गएको वाइसीएल नेपालको केन्द्रीय पदाधिकारीको समूहलाई आफ्नो जेल जीवनको स्मरण सुनाउँदै ओलीले भने, ‘जेल हालेको केही समयपछि एउटा कागज ल्याएर हस्ताक्षर गर्न ठिक परेको त राजाको मन्त्री हुन तयार छु भनेको पो रहेछ ।’

त्यही राजतन्त्र र निरंकुशताको अन्त्यका लागि विद्रोह गरेर हिडेको मान्छे फेरी राजाको मन्त्री खाने कुरा हुन्छ ? संविधान मान्दिन भनेर हिडेको मान्छेले त्यही संविधान अन्तरगत मन्त्री हुने कुरा हुन्छ ? ओलीले सुनाउनु भयो ‘०४४ सालमा जेलबाट छुट्दा पनि सही नगरी छुटेको हुँ ।’ अडानबाट कहिले पनि विचलित नहुने स्वभाव भएकोले निर्णय लिने बेलामा नै सोचविचार गर्ने बानी रहेको बताए ।

द्वन्द्वको बेला माओावादीका धेरै नेता कार्यकर्तालाई आफ्नो पहलले ज्यान बचाएको ओलीले वाइसिएलका नेताहरुलाई सुनाए । ‘कहिले सेनापतिलाई आग्रह गरेर, कहिले आइजीलाई, कहिले गृहमन्त्रीलाई आग्रह गरेर थुप्रै माअ‍ोवादी कार्यकर्ताको ज्यानको सुरक्षा गरेको छु’ ओलीले भने ‘विचार र बाटो सही वा गलत केहो भन्ने बहस गरौंला, तर मान्छेको ज्यानै मार्नुहुन्न भन्ने मेरो मान्यता हो ।’

२०२८ सालमा झापा विद्रोहका बेला आफूहरुले पनि हिंसात्मक आन्दोलन थालेपनि मारकाटबाट राजनीति बदलिदैन भनेर त्यसैबेला त्यस्तो विचार त्यागेको बताए । ओलीले आफ्नो बानी ‘शक्तिसँग नझुक्ने,सत्यसँग नलड्ने’ प्रकारको भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah