खगेन्द्र घिमिरेको खोजपूर्ण रिर्पोट
झापाको काँंकरभिट्टामा रहेको विश्व सेवा नाम संस्थाले गलत रिर्पोट पठाएर पूर्वी नाका कांकरभिट्टालाई बदनाम गर्ने काम गरिरहेको खुलासा भएको छ । मानव बेचबिखन रोक्न भन्दै सीमा क्षेत्रमा खटिएको उक्त संस्थाले झुटो रिपोर्ट तयार गरी सम्बन्धित निकायको आँखामा छारो हालिरहेको पाइएको हो ।
बिगत २ बर्ष अघि स्थापना भएको बिश्व सेवा बिस्तार संस्थाले सोधपुछका लागि ल्याएका चेलिहरुको गलत रिर्पोट बनाएर उद्धार गरेको भन्ने गरेको पाइएको छ । नेपालको मध्यपुरथिमी गठ्ठाघरमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले पूर्वी सिमामा सन २०१६ को मार्च १ बाट काम सुरु गरेको हो । मानव बेचविखन बिरुद्धको अपराध नियन्त्रण गर्नका लागि नाकामा खटिँदै आए पनि जागिर टिकाउन र डलर पचाउने नियतले गलत रिपोर्ट बनाउने गरेको तथ्य सार्वजनिक हो ।
मानव बेचबिखनका दृष्टिकोणले नेपालकै एक मुख्य ट्रान्जिट पोइन्टका रुपमा लिइने काँकरभिट्टा नाकामा निजी स्वार्थ पूरा गर्नका सोधपुछ गरी परामर्श दिइएकाहरुलाई समेत उद्धार गरिएकाहरु भनि वर्षेनी सम्बन्धित निकायलाई गलत तथ्याङ्क पेश गर्ने गरिएको रहस्य सार्वजनिक भएको हो ।
संस्थापक टम र सुभनाले अमेरिकामा संकलन गरेको बजेटका भरमा नेपालमा सञ्चालन भएको उक्त संस्थाले २०१६ को मार्च देखि १७ फेब्रअरी सम्ममा ४४१ जना चेलिहरुको उद्धार गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । तर इलाका प्रहरी कार्यालय कांकरभिट्टालाई बुझाइएको प्रतिवेदनमा भने सोही अवधिमा ८९ जनालाई मात्र उद्धार गरेको पाइएको छ ।
प्रहरीलाई बुझाएको तथ्याङ्क भन्दा गरिब ५ गुणबढीस् संख्या थपेर कांकरभिट्टामा ब्यापक रुपमा मानव तस्करी हुने गरेको गलत रिर्पोट पेस गर्ने गरेको तथ्याङ्क फेला परेको हो । सोही संस्थाले ०१७ को मार्च देखि जुन सम्म २२५ जनाको उद्धार गरिएको भ्रामक रिपोर्ट तयार गरेको छ । यसरी संस्थाले उद्धार गरेका सबै युवतीहरुलाई अभिभावकको जिम्मा लगाउने गरेको तर, संस्थाको रेकर्डमा भने सबै चेलीहरु जिम्मा बुझाइको भन्ने आधिकारीक रिपोर्ट राख्ने गरिएको छैन् ।
केहि दिन अघि मात्र सुनसरीको धरान निवासी पुनम प्रधानलाई यहि संस्थाले सोधपुछ गरि नाकाबाट छोडेको थियो । प्रधान १४ बर्ष देखि दिनहुँजसो सिमावर्ती भारतीय बजार सिलिगुढी आउजाउ गर्ने गर्छिन् ।उनको प्राय भारत तिर बस्छिन् ।
उनको घरनै भारतमा छ ,तर सँस्थाले भेटेको केही दिन पछि नै उनको नाममा उद्धार गरिएकी महिला भनि रिपोर्ट तयार गरेको छ । संस्थाको रिपोर्टमा पुनम भारतको बिषयमा अनबिज्ञ रहेको उल्लेख गरेको छ । आफ्नो श्रीमान सँग डिर्भोस भएको बताए तापनि रिपोर्टमा बैदेशिक रोजगारका लागि गएको र बाल बच्चा हुर्काउन पैसा कमाउनका लागि भारत गएको भन्ने गलत विषय उल्लेख गरेको प्रमाण फेला परेको छ ।
यति मात्र नभएर उनलाई अभिभाव सँग जिम्मा लगाएर पठाएको भनेर रिपोर्टमा उल्लेख गरिएको छ । जवकि यो झुटो आरोप लगाइएको भेटिएको छ । यस बिषयमा पुनमले बिश्व सेवाकी सहायक निर्देशक मुना आचार्यलाई फोन गरेर बुझदा यो रिपोर्ट कतै पठाउने होईन् । यस्तो भएको भए च्यात्ने बताईकी थिईन् ।
यो त प्रतिनिधी पात्र मात्र हो । ताप्जेलुङ कि कृतिका खतिवडा भारतको पानिट्याङकी आफ्नो श्रीमान सँग सौदा गर्न गएकी थिईन् । तर उनले आफु भागेर बिबाह गरेका कारण घरमा बताएकी थिईनन् । काकँरभिट्टामा उनलाई बिश्व सेवाले सोधपुछ गरेपछि फोटो खिचेर छोडेको थियो । उनी आफ्ना श्रीमान लोकेन्द्र सँगै बिर्तामोडमा बस्दै आएकी थिइ्रन् । तर त्यस पछि सस्थाले उनीहरुको बिषयमा गलत रिपोर्ट बनाएको अर्को प्रमाण समेत फेला परेको छ । दुबै जना भारतको बिषयमा नजान्ने, कृतिका सँगको चिनजान एक साता समेत नभएको, साथै कृतिकालाई लोकेन्द्रले ललाई फकाई लादै गरेको भनेर बनाएको रिपोर्टमा अभिभावकको जिम्मा लगाइएको भनिएको छ । तर अभिभावकलाई जिम्मा लगाइएको भन्ने आधिकारीक प्रमाण नै संस्था सँग छैन् । यो बिषयमा समेत लोकेन्द्रले मुना सँग बुझदा झुटो कुराको पछि नलाग्न भन्दै इलाकामा आउन धम्की दिएकी थिईन् ।



