अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली इटलीमा विवाह गरेर एक अर्काको श्रीमान श्रीमती बनिसकेका छन् । विराट र अनुष्काले बिहे भारतबाट निकै टाढा इटलीमा भयो । यसलाई लिएर दुबैका आफन्तले नरमाइलो माने तर, मध्य प्रदेशका भाजपा विधायक पन्नालाल शाक्य समेत केहीलाई निकै नराम्रो लागेछ ।
‘स्किल इण्डिया’ का एक कार्यक्रममा पन्नालालले भनेका छन्, ‘विवाह संस्कार गर्नका लागि हिन्दुस्तानमा कहीँ ठाउँ पाएनन् । गजब भयो । के हिन्दुस्तानमा ठाउँ पाइएन । के हिन्दुस्तान यति अछुत छ ?’
तर पछिल्लो समयमा उनिहरुको विवाह निकै महंगो भएको समाचारहरु सामाजिक संजालहरुमा भारल भइरहेको छ । जति उनको विवाहको चर्चा चल्यो विवाह पश्चात पनि त्यही विवाहमा भएको गतिविधीहरुकै बारेमा चर्चा अहिले पनि चलिरहेको छ ।
केही समय अगाडी उनिहरुको विवाहमा भारतका प्रधानमन्त्रीलाई समेत निमन्त्रणा गरिएको समाचारले निकै स्थान पाएको थियो । भने अहिले त्यही निमन्त्रणा कार्डको बारेमा निकै चर्चा भएको छ । त्यति ठूलो अनि धेरै महंगो विवाहमा कस्तो कार्ड प्रयोग गरिएको थियो भन्ने कुरा सबैलाई निकै उत्सुकको विषय पनि थियो । हामी सामान्यले सोच्नै नसकिने प्रकारको निमन्त्रणा कार्ड थियो अझ भनौ निमन्त्रणाको झोला नै थियो ।
हरेकलाई आफ्नो विवाहमा निम्तो गर्नका लागी २ वटा झोला दिइएको थियो । उक्त निमन्त्रणाको झोला कस्तो थियो भित्र के के थिए भन्नेकुराहरु हेर्नुहोस् भिडियोमा



