मुम्बई (एजेन्सी)– बलिउड नायिका मल्लिका शेरावतको फेरि एक पल्ट चर्चा चुलिएको छ । तर, यति बेला उनी आफ्नो ‘हट’ छवीको कारण नभई घरको भाडा तिर्न नसकेका कारण चर्चामा आएकी हुन् ।
पेरिसमा बस्दै आएकी मल्लिकालाई घरको भाडा तिर्न नसकेपछि घर मालिकले निकालेको खबर आएको छ ।
पेरिसमा उनी व्वाय फ्रेन्ड सिरिल अग्जनफेन्ससँग बस्दै आएकी थिइन् । तर, दुई मध्ये कसैले घर भाडा तिर्न नसकेपछि यस्तो अवस्था आएको हो । बिबिसी रिपोर्ट्रका अनुसार मल्लिका र उनको व्वाय फ्रेन्डले ८० हजार युरो अर्थात ९० लाखभन्दा बढी रुपैयाँ तिर्नु पर्ने थियो । उनको वकिलले दुबै जनाको आर्थिक अवस्था खस्किदो रहेको हुनाले भाडा तिर्न नसकेको बताएका छन् ।
मल्लिकाको वास्तविक नाम रिमा लाम्बा हो । उनले बलिउड करिअरको सुरुवात ‘ख्वाहिश’ बाट गरेकी थिइन् । मल्लिकाले पछिल्लो समय सार्वजनिक भएको खबरको खण्डन गरेकी छिन्। उनले ट्विटमार्फत भनेकी छिन्, ‘केही मिडियाकर्मीलाई लाग्छ, मेरो पेरिसमा केही अपार्टमेन्ट छ । तर, त्यो सत्य होइन।’ उनले ट्विटरमा थप लेखेकी छिन्, ‘कसैले कुनै अपार्टमेन्ट मलाई दानमा दिएको हो भने कृपया मलाई ठेगाना बताइदिनु होला ।’
मल्लिकाले केही समय अगाडि आफ्नो श्रीमानलाई छोडेकी थिइन् । उनको एउटा छोरा छन् । तर, छोरा पहिलो श्रीमानसँग बस्दै आइरहेका छन् ।



