काठमाडौं, पुस ८ । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्ती आज मनाइदै छ । भट्टराईको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस तथा भातृ संगठनहरुले आज विभिन्न कार्यक्रमको आयोजना समेत गरेका छन् ।

नेपाली राजनीतिमा निष्ठा र इमान्दारीताको पर्यायका रुपमा चिनिने सन्त नेता भट्टराईको जन्म सन् १९२४ मा भारतको बनारसमा भएको थियो । सन्त नेता भट्टराईले २००७ सालको राणा विरोधी आन्दोलन २०४६ सालको जनआन्दोलन लगायतका मुलुकको महत्वपूर्ण परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।

उहाँको सम्झनामा नेपाली कांग्रेस तथा उसका भातृ संगठनले आज उहाँको निवास ललितपुरको बाडे गाउमा विशेष कार्यक्रमको आयोजना गरेको छ । दिउसो १ बजे पछि हुने कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली लगायतले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

२०४७ बैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि गरी उहाँ दुई पटक मुलुकको प्रधानमन्त्री बन्नु भएको थियो ।२०४७ सालको संविधान निर्माण र छोटो संक्रमणका बीचमा तात्कालीन शक्तिहरुबीच समन्वय कायम गरी मुलुकलाई अस्थीरताबाट विकासको बाटोमा लैजान उनी सफल भएका थिए । उहाँको निधन २०६७ साल फागुन २० गते निधन भएको थियो ।

काे हुन कृष्णप्रसाद भट्टराई ?

कृष्णप्रसाद भट्टराई (वि.सं.१९८१-२०६७, राजनैतिक नाम: किशुनजी) नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री थिए। यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए।

भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। नेपाल अधिराज्यको संविधान २०४७ (१९२४-२०११) निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व यिनले सफलता पूर्वक बहन गरेका थिए। तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौँबाट पराजित भएका थिए। पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए।

गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे। यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे। हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah