बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक सहित झापा र पुर्वाञ्चलमा सिटी सफारीहरु पूर्व पश्चिम राजमार्गमा गुडन नपाउने भएकाछन् । यसले ट्राफिक ब्यवस्थापन सहज हुने बताइएको छ ।
राजमार्ग नै ढाक्ने गरी सिटी सफारीहरु सञ्चालनले ट्राफिक ब्यवस्थापन समस्या भएपछि क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बिराटनगरले यस्तो निर्णय गरेको हो । निर्णयपछि समर्थन र बिरोध शुरु भएको छ ।
जथाभावी रुपमा क्षमता आँकलन नगरी र स्थानीय तहले सिफारीस तथा यातायात कार्यालय सिटी सफारी दर्ता गर्दा यो अवस्था आएको भन्दै सिटी सफारी चालकहरु पनि आन्दोलनमा उत्रेकाछन् ।
कतिपय सिटी सफारीहरु नगरपालिकामा मात्र दर्ता गरेर सञ्चालन भएकाछन् भने कतिपयले यातायाता कार्यालयमा समेत दर्ता गरेकाछन् । अधिकाँशले सवारी चालक अनुमति नलिइ सिटी सफारी चलाउदै आएकाछन् ।
पूर्व क्षेत्रिय ट्राफिक प्रमुख तथा प्रहरी उपरीक्षक राज कुमार लम्सालका अनुसार शुरुमा सम्झाइ बुझाइ गरेर यस बिषयमा सिटी सवारी चालकहरुलाइ नियम पालना गर्न आग्रह गरिदैछ ।
दूर्घटना न्यूनिकरणका लागि आफूहरुले यो निर्णय गरेको बताउदै यसको पालना हुनेमा आफूहरु विश्वस्थ रहेको उनले जनाए । दूर्घटना न्यूनिकरण सबैको दायित्व भएकाले यसमा सहयोग गर्न समेत उनले आग्रह गरेकाछन् ।
यसरी निकालेको थियो पूर्वक्षेत्रिय ट्राफिक कार्यालयले तीनदिन अघि सार्वजनिक सूचना
सुचना ! सुचना !! सुचना !!!
बढ्दो सवारी दुर्घटना रोकथाम तथा सहज ट्राफिक व्यवस्थापनका लागि हाल पूर्व पश्चिम लोकमार्ग तथा उत्तर दक्षिण कोशी लोकमार्गमा संचालनमा रहेका सिटी सफारीहरुलाई यही मिति २०७४ पौष ०७ गते देखी राष्ट्रिय राजमार्गमा संचालनमा पूर्ण रुपमा रोक लगाईने भएकाले उल्लेखित सवारी साधनहरु मुख्य तथा राष्ट्रिय राजमार्गमा संचालन नगरी भित्र तथा तोकिएको रुटमा मात्र संचालन गर्न गराउन हुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ ।
अनुरोधकर्ता
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी, सुनसरी ।



