बिष्णुप्रसाद पोखरेल
दमक/अब सायदै आज भोली नै प्रदेश साँसद निर्वाचनको सूचि निर्वाचन आयोगले सार्वजनिक गर्दैछ । यसको तयारी भइरहेको र दलहरुसंग आन्तरिक छलफल गरेर सार्वजनिक गर्ने तयारीमा आयोग रहेको छ ।
धेरैलाइ चासो रहेको छ अब को को पर्लान त साँसदको सूचिमा ? केहि यस्ता उम्मेदवारहरु बन्ने भएकाछन् जो समानुपातिक सूचिमा १ नम्बरमा भएर पनि साँसद बन्न पाउने छैनन् ।
अनिवार्य रुपमा संसदमा ३३ प्रतिशत महिला पुर्याउनु पर्ने बाध्यात्मक अवस्थाले अहिले पार्टीलाइ पीरोलेको त छ नै निर्वाचनमा जोडतोडले खटेका र लामो योगदान दिएकाहरु समेत साँसद बन्न पाउन सम्भावाना अत्यन्त कम रहेको छ ।
प्रदेश नं. १ झापाको दमकबाट मात्रै प्रमुख राजनीतिक दलहरुका ४ जनाको नाम १ नम्बरमा समानुपातिक सूचिमा रहेको छ । त्यो मध्ये नेपाली काँग्रेसकी नेतृ महेन्द्रकुमारी सुब्बाको नाम भन्ने पक्का जस्तै रहेको बताइन्छ ।
यदि काँग्रेसले बन्द सूचि तलमाथि नगरेको अवस्थामा बन्दसूचिको रोलक्रमले उहाँ साँसद बन्ने देखिनु भएको छ । दोस्रो पटक पनि समानुपातिकबाट साँसद बन्ने दमकको भाग्यमानी महिलामा उनि पर्नेछिन् ।
दमकमा प्रदेश सभा सदस्यका लागि १ नम्बर सूचिमा एमालेका दूइ जना राजनीतिकर्मीहरु रहेकाछन् । साँसदमा ३३ प्रतिशत पुर्याउने पर्ने भएकाले एमालेबाट शत प्रतिशत महिलाको नाम आउने सम्भावाना रहेको बताइन्छ ।
यदि यस्तो अवस्था आएमा होमबहादुर थापा र लोकबहादुर धिमाल पनि बाहिरन सक्ने बताइन्छ । थापाको खस आर्यबाट पहिलो सूचिमा र धिमालको आदिबासी जनजातीबाट पहिलो सूचिमा नाम रहेको छ ।
राप्रपाले प्रदेश नं. १ बाट जम्मा एउटा सिट जितेको छ । राप्रपाका सहमहामन्त्री राम थापाको खस आर्यबाट पहिलो सूचिमा नाम रहेको छ । तर निर्वाचन आयोगको बन्द सूचिमा भने उनको नाम पहिलोमा रहेको छैन ।
आदिबासी जनजातीका उम्मेदवाहरुको नाम पहिलो सूचि र त्यसपछि खसआर्यको सूचि तल रहेको छ । आयोगले बन्दसूचीको क्रमसंख्या लागू हुनुपर्ने बताएकाले यसलाइ ब्याख्या गर्दा थापा पनि साँसद नबन्ने सम्भावाना प्रवल बन्दै गएको छ ।
तर, निर्वाचन कानुनमा ‘यथासम्भव’ भन्ने शब्दावली प्रयोग भएकाले दलहरूले तलमाथि गर्न सक्ने पनि ठाँउ रहेको छ । यसले गर्दा थापालाइ बनाउनका लागि राप्रपाले पहल शुरु गरेको बताइन्छ ।
अन्य पार्टीका उम्मेदवारहरुको हकमा पनि यो लागु हुन्छ । सबै पार्टीको मिलाएर प्रदेश सभामा महिलाको ३३ प्रतिशत पुग्यो भने त्यहाँबाट उग्रेको साँसद पुरुष उम्मेदवारहरुले पाउनेछन् । अझै पनि पुरै सम्भावाना भने कसैको पनि नटरेको जनाइएको छ ।



