बिष्णुप्रसाद पोखरेल

झापा भद्रपुरका स्थायि बासिन्दा रहेका तेज स्मरणशक्ति भएका प्रतिभाशाली युवा अर्पण शर्मा र उनको परिवारलाइ मानसिक याताना दिने हर्कत भएको सार्वजनिक भएको छ । यो एउटा अक्षम्य अपराध हो ।

ग्रामिण क्षेत्रमा साधरण परिवारमा जन्मेको एउटा युवाले बौद्धिक क्षेत्रमा विश्व कीर्तिमान राख्नु चानचुने बिषय होइन । अझ यहि बर्ष उनि अन्य दूइवटा बिषयमा विश्वकिर्तिमान राख्ने ध्याउन्नेमा रहेका थिए ।

उनले विश्व किर्तीमान राखेर आफैमा त्यो सिमिति राखेका छैनन् र अरुलाइ पनि स्मरण शक्ति बढाउने उपाय सिकाउदै हिडेकाछन् । तर आज उनि असुरक्षित रहेको, उनको परिवार असुरक्षित रहेको सार्वजनिक हुँदा राज्यलाइ पनि लज्जाबोध हुनु पर्ने हो ।

शर्मा तेज स्मणशक्ति भएका युवा हुन् र उनले यही प्रतिभाका कारण आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा लेखाइसकेका छन् । उनले एक मिनेटमा ४२ वटा वस्तु चिनेर कीर्तिमान कायम गरेका हुन् । सन् २०१४ सेप्टेम्बर २६ तारिखमा उनले यो रेकर्ड बनाएका थिए ।

उनको अर्को रेकर्डको तयारी पनि भइरहेको थियो । यो वर्ष १ लाख वटा नम्बर याद राख्ने, र पानि मुनि सास बन्द गरेर दुइ बुक तास याद गर्ने विश्व रेकर्ड राखी नेपाललाई दिमागको क्षेत्रमा अझै राम्ररी चिनाउने योजना उनको थियो । तर यस्तै कुराहरुले गर्दा असमर्थ भएको उनले सार्वजनिक गरेकाछन् । यो बिडम्बना हो ।

शर्मा झापाको मात्र सम्पती होइनन् । नेपालको मात्र इज्वत होइनन् उनि विश्वकै तेज स्मरण शक्ति भएका ब्याक्ति भएकाले उनि विश्वको नै एउटा गहना भएकाले उनको सुरक्षा राज्यको जिम्मेवारी हो ।

शर्माको विश्व रेकर्डका लागि दमक रेडक्रसमा भएको कार्यक्रमको साक्षी मध्ये म पनि एक रहेको थिए । वास्तवमा नै त्यो समयदेखि नै उनको क्षमताबाट म आकर्षित भएका थिए ।

पछि केहि कार्यक्रमहरु उनका प्रस्तुतीहरु पनि हेरे । उनि बिलक्षण प्रतिभाका धनी छन् । उनमा धेरै क्षमता रहेको छ । उनले धेरै प्रगती गर्ने बाटाहरु रहेकाछन् । त्यसलाइ रोकिन दिनु हुदैन । त्यसमा सहयोग गर्नु पर्छ ।

उनलाइ राज्यले चिन्नुपर्छ । राज्यले उनको समस्या बुझ्नु पर्छ । राज्य सुरक्षाको भरपर्दो ब्यवस्था मिलाउनु पर्छ । यसमा राज्य गम्भिर बनोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah