विष्णुप्रसाद पोखरेल
दमक/राजमार्गमा सिटी सफारी सञ्चालनमा पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बिराटनगरले बन्देज लगाएपछि उत्पन्न समस्याको सामधानका लागि दमकमा बिभिन्न निर्णयहरु भएकाछन् ।
तत्काल सिटी सफारी चालकहरुले दमकको हकमा राजमार्गमा पनि सिटी सफारी चलाउन पाउने भएकाछन् तर स्टेण्ड कायम गर्न पाउने छैनन् । जथाभावी रुपमा स्टेण्ड बनाउने र सिटी सफारी राख्ने काम भने रोक्नु पर्नेछ ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार स्टेण्डहरु राख्ने ठाँउको पहिचान केहि दिन भित्रै गरिने छ । त्यो भन्दा बाहेकका ठाँउहरुमा स्टेण्ड राख्नका लागि पूर्ण रुपमा बन्देज गरिने छ ।
अहिले नगरपालिकामा ८ सयभन्दा बढि सिटी सफारी दर्ता भएकाले उनिहरुलाइ नियमन गर्ने समेत निर्णय भएको छ । सिटी सफारी सञ्चालनलाइ ब्यवस्थित गर्न र यात्रुहरुको सुरक्षाका लागि नगर पालिकाले आवश्यक नीति नियम बनाउने ओलीले जनाए ।
मंगलवार नगरपालिकामा भएको छलफलमा नगरबासी सिटी सफारी चालक तथा सञ्चालकहरुको रेकर्ड तथा अभिलेख राख्ने पनि निर्णय भएको छ । नगरबासी सिटी सवारी चालकहरुलाइ नगरपालिकाले परिचय पत्र प्रदान गर्नेछ ।
सिटी सफारीका कारण दूर्घटना बढेको भन्दै यस बिषयमा सबैको ध्यान केन्द्रित हुन थालेको छ । क्षमताभन्दा बढि सिटी सफारीहरु भित्रिएकाले समस्या भएको कतिपयले बताएकाछन् ।
नगरपालिकामा भएको छलफलमा यातायात कार्यालाइ दमकको हकमा थप सिटी सफारी दर्ता नगर्न आग्रह गर्ने समेत बिषयमा सहमति बनेको दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बर बरालले बताए ।



