‘निसुम’ शुक्र चङ्बाङ काठमाडौ१२पौष –
पुर्बी पाँचथरको फालेलुङमा जन्मिएर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिदै गायक तथा संगीतकार राजेन्द्र केरुङ को लिम्बू सांकृतिक मुलक मिङ्सो एल्बम भित्र रहेको अर्को नयाँ पालाम ‘माङ्लाङ नु केलाङ’ भिडियो सार्बजनिक भएको छ । पौष ११ मा आफ्नो जन्मदिनको अवसर पारेर उक्त भिडियो सार्वजनिक गरेका हुन। चर्चित गायिका मनु नेम्बाङ र गायक राजेन्द्र कै युगल स्वर रहेको ख्याली मिश्रीत उक्त पालाम लाई सागर केरुङ ले लेखेका हुन। यादन नुनाम सेर्मा को लय संकलन रहेको उक्त गीतमा श्याम लिम्बू को एरेन्ज रहेको छ।
उक्त पालाम मा गायक राजेन्द्र केरुङ र मिना मादेनलाई मुख्य भुमिकामा देख्न सकिन्छ । कल्पना योङ्हाङ (द हाईलैण्ड आर्ट ) र रुपा आङ्बुहाङ (फेसन सिक्वेन्स हाउस) को गरगहना र भेषभुषामा सजिएका छन भने सोम मग्राती को श्रृङ्गार ,सुमन योन्जन को छायाङ्कन निशान घिमिरेको सम्पादन रहेको छ।यसको निर्देशन अहिलेका ब्यस्त निर्देशक लोकेन साँबा ले गरेका छन।
किराँत लिम्बू समुदायमा बिबाह,मेलापात मा भेटेर अपरिचित युवा युवती बिच शिष्ट, लयात्मक, शाब्दिक चिन्जान गर्ने शैली लाई ख्याली भनिन्छ त्यस पछि साइनो सम्बन्ध नलाग्ने भएपछी पालाम गाउदै माया प्रीति गाँसिने , घरबार बसाउने परम्परा रहि आएको छ।
पुर्बान्चल का अत्यन्तै शुन्दर पर्यटकिय, धार्मिक तिर्थस्थल कन्याम , माइखोला, फिदिम, फालेलुङ लगायत का स्थलहरुमा छायाङ्कन गरिएको उक्त भिडियो लाई गैर लिम्बूभाषी हरुको लागि नेपाली तथा अङ्ग्रेजी भाषामा अनुबादक प्राज्ञ अमर तुम्याहाङ्ले गर्नुभएको छ।
https://youtu.be/kxFqhLbTg2Q
करिब आधा दशक देखि नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत गायक राजेन्द्र केरुङ को एक बर्ष अघि सार्वजनिक पहिलो किराँत संस्कृतिक मुलक भिडियो एल्बम ‘मिङ्सो’ को एक ‘फुङ इनु सेवा चोगिरो’ सार्वजनिक गरिसकेका छन भने उक्त एल्बम कै यो भिडियो ‘माङ्लाङ नु केलाङ’ सार्वजनिक गरेका हुन। अहिले सम्म विभिन्न एल्बममा कलेक्सन गरि १ दर्जन बढी गितहरुमा स्वर भरिसकेका छन।
https://www.youtube.com/watch?v=kxFqhLbTg2Q&feature=youtu.be



