विष्णुप्रसाद पोखरेल
दमक /झापाको दमकमा दैनिक करिब २० टन फोहोर उत्पादन हुने गरेको र करिब १५ टन फोहोर संकलन हुने गरेको पाईएको छ । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले फोहोरलाइ उर्जामा परिणत गर्ने बिषयमा गरेको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो ।

यसमा पनि करिव ९ टन फोहोर बायोग्यास प्रविधिमा प्रयोग गर्न सकिने र कुहिने फोहोरको रुपमा रहेको समेत केन्द्रले जनाएको छ । केहि समय अघि केन्द्रले यस बिषयमा अध्ययन गरेको थियो ।

यहाँको फोहोरबाट मोहर उत्पादनका लागि बायो ग्याँस उत्पादन क्षमता, एलपिजि ग्यास, बिद्यूत उत्पादन क्षमता र जैविक मल उत्पादन गर्न सकिने भन्दै नगरपालिकासंग सहकार्यको प्रस्ताव अघि बढाईएको बताईएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको पहलमा जनप्रतिनिधिहरु र बैकल्पिक उर्जा केन्द्र तथा यस बिषयमा बिज्ञहरु सहितको छलफलमा यस यस बिषयमा जानकारी गराईएको हो ।

झापाको दमकमा दैनिक उत्पादन हुने फोहोरबाट प्रतिदिन ३३ किलोवाट भन्दा बढि बिद्यूत उत्पादन हुने देखिएको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका बरिष्ठ प्राविधिक शशिममान अमात्यले बताए ।

यो नभए दैनिक १६ वटा सिलिण्डर बराबरको ग्यास उत्पादनको क्षमता यहाँको फोहोरले राख्दछ । अहिले समस्यको रुपमा रहेको फोहोरबाट ४ सय ८२ घनमिटर बायोग्यास उत्पादन गर्न सकिन्छ ।

स्थानीय किसानहरुका लागि लाभदायक आग्र्यानिक मल समेत उत्पादन भएकाले यसबाट प्रशस्तै आम्दानी लिन सकिन्छ । दैनिक १ हजार ७ सय ९८ केजि कम्पोष्ट मल उत्पादन क्षमता दमकको फोहोरले राख्दछ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले समस्याको रुपमा रहेको फोहोरबाट धेरै फाइदा लिन सकिने भएकाले यो परियोजना सञ्चालनका लागि तयारी शुरु गरिने छ । यसमा सबै नगरबासीको सहयोगको अपेक्षा गरेको उनले बताए ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले परियोजनाको बारे जानकारी दिने उदेश्यले गरिएको कार्यक्रममा फोहोरलाइ ब्यवस्थापनसंगै आम्दानीको रुपमा प्रयोग गर्न सकिने आधारहरु प्रष्ट भएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah