काठमाडौं । सानैदेखि क्रिश्चियन पारिवारिक वातावरणमा हुर्किएकी तनहुँकी सानु समर्पित (रिया) पूर्वैको चम्किलो ताराले भन्दै दर्शक माझ आएकी छिन् । शब्द, संगीत र स्वर समेत गरी तीन वटै बिधा अंगालेर सानुले नेपाली साँगीतिक क्षेत्रमा पाईला अगाडी बढाएकी हुन् । उपत्यकामा आउजाउ गरिरहने ललितपुरको भैंसेपाटी निवासी सानुले पूर्वैको चम्किलो ताराले बोलको गीत सार्वजनिक गरेकी छिन् । उक्त गीतमा शब्द, संगीत तथा स्वर उनकै रहेको छ । पुरुषोत्तम न्यौपानेको एरेञ्ज रहेको गीतको भिडियो जिवन श्रेष्ठले खिचेका छन् भने सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् ।
बाँकी भिडियोमा हेर्नुहोस्



