रजनीकान्त नामले परिरिचत तमिल फिल्मका महानायक शिवाजीराव गायकवाड राजनीमिा प्रवेश गरेका छन्।
भातरको तमिल नाडु राज्यसभा चुनावको पूर्वसन्ध्यामा ‘राजनीतिक सुद्धिकरण’का लागि भन्दै उनले आइतबार चेन्नाईबाट राजनीतिमा प्रवेशको घोषणा गरेका हुन्।
तमिल एवं हिन्दी फिल्म अभिनयबाट चर्चाको चुलीमा पुगेका उनले आइतबार आफ्ना समर्थकमाझ राजनीतिमा ‘डेब्यू’ गरेको घोषणा गरे। छुट्टै नयाँ पार्टी बनाउने बताएका उनले आफ्नो पार्टीले तमिल नाडु राज्यसभाका सबै सिट र सन् २०१८ को लोकसभा चुनाव समेत लड्ने उद्घोष गरे।
सरकार र सिस्टम परिर्वतन
तमिल नाडुमा खराव राजनीति चलेको भन्दै रजनीकान्तले आफु ‘सरकार र सिस्टम’ बदल्न राजनीतिमा प्रवेश गरेको बताए। ‘तमिल नाडुमा धेरै खराव राजनीति भएको छ,’ उनले भने,‘ अहिले यो विश्व हँसाउने माध्यम भएको छ। यो सरकार र सिस्टम परिर्वतन गर्ने समय हो।’
उनले आफुले स्वयंसेवक नभई अभिभावक चाहेको बताए। ‘म स्वयंसेवक होइन अभिभावक चाहान्छु,’ आफ्ना समर्थकमाझ भावी योजना सार्वजनिक गर्दै उनले भने,‘ म आफ्ना व्यक्तिगत आवश्यकताका लागि राजनीतिज्ञलाई सहयोग नमाग्ने, बिनाशर्त सरकारलाई प्रश्न गर्ने अभिभावक चाहान्छु।’
उनले आफ्नो अभियान जात र धर्मबाट स्वतन्त्र हुने बताए।
सफल अभिनेता बन्लान सफल नेता ?
विवादस्पद फिल्म ‘रागंगल’बाट सन् १९७५ मा आफ्नो फिल्मी यात्रा सुरु गरेका रजनीकान्तले तमिल एवं हिन्दी फिल्ममा निकै प्रसिद्धि कमाए। आफुले खेलेको पहिलो फिल्मबाटै राष्ट्रिय चलचित्र पुरस्कार पाएका उनलाई दक्षिण भारतमा भगवान सरह पुजा गरिन्छ।
करिब चार दर्जन सफल तमिल फिल्ममा अभिनय गरेका रजनीकान्तलाई फिल्ममा सफल अभिनेता मानिन्छ। ६८ बर्षमा टेक्दा राजनीतिमा पाइला टेकेका उनी फिल्ममा जतिकै राजनीतिमा पनि सफल होलान?
उनी स्वयमले पनि यो यात्रा त्यति सहज नभए पनि गर्नै पर्ने बताए। ‘यो सजिलो हुँदैन भन्ने मलाई थाहा छ तर यो गर्नै पर्छ,’ उनले भने।
जीवनको उत्तराद्धमा आफू राजनीतिमा आएको भन्दै उनले पद पाउन लोभले राजनीतिमा नआएको प्रष्ट्याए। ‘४५ बर्षको हुँदा ममा कुनै राजनीतिक आकांक्षा थिएन, ६८ मा पुग्दा भयो,’ उनले भने, ‘मैले यो कुनै राजनीतिक पदका लागि गरेको होइन्। म पैसा र प्रसिद्धिका लागि आएको होइन, जुन मसँग प्रसस्त छ।’



