प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई दिन पाँच दल सहमत बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठकले सरकारलाई अधिकार दिन सहमति जनाएका हुन् । तर, वाम गठबन्धनका नेताहरुले भने राजनीतिक सहमति दिन अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार विहान बालुवाटारमा राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । बैठकमा उनले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशहरुको अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका थिए ।

दलहरुबीच सहमति भए आजै मन्त्रिपरिषद् बैठक राखेर प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी मुकाम तोक्ने तयारी थियो । तर, एमाले नेताहरुले राजनीतिक सहमति खोज्ने प्रस्तावमा छलफल नै गर्न चाहेनन् ।केही दिनदेखि आराम गरिरहेका एमाले अध्यक्ष केपी ओली बैठकमा गएका थिएनन् । एमाले नेताहरुले प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने काम सरकारको भएको भन्दै पन्छिएका छन् ।

बैठकपछि एमाले नेता अग्नि खरेलले भने, ‘प्रधानमन्त्रीले प्रदेश केन्द्र र प्रदेश प्रमुख नियुक्तिमा सहमति गरौं भन्नुभयो । हामीले प्रदेश केन्द्र कहाँ बनाउने भन्ने रिपोर्ट हामीलाई दिइएको छैन, यो काम सरकारको हो सरकारले गरोस् भन्यौं ।’

लगत्तै कांग्रेस नेता कृष्ण सिटौलाले ‘एमाले आफैंले सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ नलिने भनेकाले राजनीतिक सहमति गर्नु परेको हो,’ भनेका थिए । केही दिनअघि आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले देउवा सरकारले प्रदेश प्रमुख नियुक्त गरे सपथ नै नलिने बताएका थिए ।

एमाले नेताहरु भने प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने काम सरकारको भएको भन्दै पन्छिएका छन् । न्युज २४ नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah