नेपाली चलचित्रको चर्चा कुनै न कुनै विषयमा आई रहन्छ । फिल्म मेकीङ्ग, कलाकार, निर्देशक र गीत संगीत वाट त चर्चा चल्छ नै त्यो वाहेक अरु विषयको साथमा पनि चर्चा मा आउने गर्छ ।
यहाँ कुरा गर्न खोजिएको हो नेपाली चलचित्र राज्जा रानी को ।
केही दिन अगाडि यसको कलाकारको टोली प्रचार प्रसारको शिलशिलामा पूर्व आउदा विराटनगरमा राजनैतिक नेता लालवावु पण्डीत सँग यसका कलाकार नाजिर र केकीले नाचेको देखि अटोग्राफ लिएको चर्चाले मिडियामा राम्रै ठाउँ पाएको थियो ।
त्यो सगै यसका गीत र ट्रेलर तथा मैथिली भाषामा समेत एकसाथ रिलिज गरिने कुराले पनि राम्रै चर्चा पाएको छ । तराईको एक जनजाती समुदाय र प्रेम कथामा वनेको फिल्म राज्जा रानी आगामी पुष २१ गते नेपाली तथा मैथिली भाषामा एकसाथ रिलिज गरिएको छ।
आर्यन फिल्मसको वेनरमा रमेश एम के पौडेल को प्रस्तुती रहेको यो फिल्ममा नाजिर हुशेन, केकी अधिकारी, कामेश्वर चौरसिया, लक्ष्मी वर्देवा, अरुण रेग्मी, संगिता नापित लगायत कलाकारहरुको अभिनय रहेको छ ।
याम थापाले निर्देशन गरेको यो फिल्म लाई पुरुषोत्तम प्रधानले खिचेका हुन भने तारा प्रकाश लिम्बु र दीपक शर्माले संगित भरेका छन । फिल्म हेर्न लायक रहेको पूर्वाञ्चल वितरक तथा पाथीभरा हल दमकका प्रबन्ध निर्देशक चैतन्य बराल बताउँछन ।
हेर्नुहोस उक्त् फ्लिमको ट्रेलर



