विष्णुप्रसाद पोखरेल
दमक/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकसाता अघिदेखि भेट नभएका कारण बाहिर बिभिन्न प्रकारका टिकाटिप्पणि भइरहेको बेला अहिले साँझ भेट भएको छ ।
ओली केहि दिनपछि नै स्वास्थ्य जाँच तथा उपचारका लागि बिदेश जाने भएकाले त्यो भन्दा अगाडि नै अहिले देखिएका पार्टी एकताको अन्योलको बिषयमा कुरा टुंगोमा पुर्याउन कसरत गर्ने सहमति बनेको जनाइएको छ ।
पार्टी एकता संयोजन समितिको बैठक मंगलवार बोलाउने सहमति पनि बनेको भेटपछि माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकारहरुसामु बताएकाछन् । प्रचण्ड चितवनबाट आएर ओली निवास गएका थिए ।
उनका अनुसार एकताको बिषयमा कुनै पनि शंका र ब्यवधान नरहेकाले चाडो यो बिषय टुंगो पुर्याउने सहमति बनेको उनको भनाइ रहेको थियो । यस भेटलाइ महत्वका साथ हेरिएको छ ।
बाहिर चलेका हल्लाहरुलाइ निरर्थक बनाउदै सरकार निर्माण र पार्टी एकताको बिषयमा दुबै नेताहरुले प्रष्ट रुपमा एउटै स्वरमा बाहिर बोल्ने अवस्था यस भेटले गरेको भेटमा सहभागि एक सदस्यले बताएकाछन् ।
पछिल्लो समयमा बहस आएका दूइ बिषय साँगठनिक र बैचारिक धार तय गर्न पनि दूइ शिर्ष नेताहरुबीच सहमति भएको बताएन्छ । यसका लागि एउटा सानो समिति बनाएर काम थालनी गर्ने बिषयमा दूइ अध्यक्षबीच कुराकानी भएको ओलीको सचिवालय श्रोतले बतायो ।
मालेले स्थायी समिति र माओवादी केन्द्रले हेडक्वार्टर बैठकले अहिले बाहिर आएका बिभिन्न प्रचारबाजि र एकताको बिषयमा भ्रम छर्ने कार्यको अन्त्य गर्ने विश्वास समेत ओली र प्रचण्डले गरेको ओलीको प्रेस संयोजक चेतन अधिकारीले बताए ।



