मुम्बई । दक्षिण एसियाकै सबैभन्दा बढी सुन्दर पुरुषको उपाधि पाएका अभिनेता ऋतिक रोशन आजदेखि ४४ वर्षमा प्रवेश गरेका छन्। ऋतिक करियरमा जति सफल छन् आफनो निजी जीवनमा त्यति नै विवादित पनि । ऋतिक आफ्ना अफेयरलाई लिएर हरसमय चर्चामा रहन्छन्।

बाहिरी अफरले उनको घर समेत उजाडियो, पत्नी सुजैन खानसँग सम्बन्ध विच्छेद भयो ।

२०१० मा रिलिज भएको फिल्म काइट्सको सेटमा ऋतिक र मेक्सिकन अभिनेत्री बारबरा मोरीको अफेयर निकै चर्चामा रह्यो । यी मेक्सिकन सुन्दरीसँगको अफेयरले ऋतिकको वैवाहिक जीवनमा प्रभाव पार्यो ।

२०१७ को फिल्म क्रिस ३ को सेटमा कंगना रनावत र ऋतिकबीच अफेयरले निकै चर्चा पायो । कंगनाले ऋतिकलाई सार्वजनिक रुपमै मूर्ख पूर्व ब्वाईफ्रेण्ड भनेपछि यी दुईबीच विवाद अदालतसम्म पुग्यो ।

फिल्म ब्याङ ब्याङको शुटिंगका क्रममा ऋतिक कट्रिना कैफसँग नजिकिएका थिए। पत्नी सुजैनसँग सम्बन्ध विच्छेदपछि भएको यो सम्बन्धले ऋतिकको मुहारमा मुस्कान ल्यादिएको चर्चा भएको थियो । तर, दुबैले सम्बन्ध छ भन्ने कुरा अस्वीकार गरे ।

सन २००० को फिल्म ‘कहो ना प्यार है’ बलिउडमा डेब्यू गरेका ऋतिकको त्यो बेला करिना कपुरसँग अफेयरको खुबै चर्चा थियो । त्यो बेला करिनालाई फिल्ममा ल्याउने कुरा थियो तर अमिषा पटेललाई ल्याइयो । किनकि त्यो बेला ऋतिक पत्नी सुजैनका साथै करिनासँग पनि डेटमा थिए । जसका कारण सुटिंग प्रभावित हुनसक्थ्यो ।

यसरी ऋतिकको घरबाहिर चलिरहेको अफेयरका कारण पत्नी सुजैनले २०१४ मा अलग हुने निर्णय गरेकी थिइन् । हाल ऋतिक सिंगल छन् । उनी पिता एवं निर्देशक राकेश रोशनसँग बसिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah