वाम गठबन्धनले पार्टी एकता घोषणाकै क्रममा प्रदेश सरकार गठनमा भद्रसहमति गरिसकेको छ । ७ प्रदेशमध्ये ६ वटा प्रदेशमा गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएकाले स्थानीय तह र प्रदेश सभा निर्वाचनको परिणामअनुसार १, ३, ४ र ५ एमाले तथा ६ र ७ मा माओवादी केन्द्रले लिने भद्रसहमति भएको स्रोतको दाबी छ ।

एउटा दलले मुख्यमन्त्रीको नेतृत्व पाएको प्रदेशमा सभामुख र उपसभामुखलगायतका जिम्मेवारी र मन्त्रालयको संख्यासमेत सन्तुलन मिलाउने विषयमा समेत कार्यदलले छलफल गर्नेछ । मुख्यमन्त्रीबाहेक प्रदेशमा सातवटा मन्त्रालय भागबन्डा गर्नुपर्नेछ । सातवटै प्रदेशमा माओवादीभन्दा एमाले सिटसंख्यामा अगाडि छ । आकांक्षीहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले दुवै दलले व्यक्तिको योगदान र क्षमतालाई छनोटको मापदण्ड बनाएका छन् ।

६ नम्बरमा मुख्यमन्त्री नछाड्न एमाले नेतृत्वलाई दबाब
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीले पाउने गरी भद्रसमझदारी भएको बाहिर आएपछि त्यस क्षेत्रका एमाले नेताहरूले नेतृत्व नछाड्न आन्तरिक ‘लबिङ’ तीव्र बनाएका छन् । प्रदेश संगठन कमिटीको बैठकबाट मुख्यमन्त्रीमा एमालेकै दाबी स्वाभाविक हुने संस्थागत निर्णय गरेर त्यस क्षेत्रका नेताले दबाब सिर्जना गरेका हुन् ।

प्रदेश संयोजक युवराज ज्ञवाली, सहसंयोजक यामलाल कँडेल, पोलिटब्युरो सदस्य प्रकाश ज्वालासहित प्रदेश कमिटीका नेताहरूले अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतलाई भेटेर नेतृत्व माओवादीलाई दिन नसकिने भन्दै ज्ञापनपत्र बुझाइसकेका छन् ।

‘स्थानीय तह र प्रदेश सभा निर्वाचनमा अगाडि रहेको र राम्रो मत परिणाम आएकाले मुख्यमन्त्री एमालेले पाउनुपर्छ भन्ने साथीहरूको माग छ,’ उपाध्यक्षसमेत रहेका प्रदेश संयोजक ज्ञवालीले भने, ‘यी कुरालाई नेतृत्वले ध्यान दिनेछ भन्ने विश्वास छ, तर पार्टीले अन्तिममा जे निर्णय गर्छ, त्यसलाई मानेर जानुको विकल्प छैन ।’

६ नम्बर प्रदेशमा एमालेबाट पोलिटब्युरो सदस्य ज्वाला र कँडेल मुख्यमन्त्रीका दाबेदार छन् । माओवादी केन्द्रबाट पोलिटब्युरो सदस्यद्वय महेन्द्रबहादुर शाही र नरेश भण्डारी दाबेदार छन् । स्रोतका अनुसार एमाले नेताहरूले ६ नम्बर प्रदेशबाट पार्टी स्थायी समितिमा समेत प्रतिनिधित्व गराउनुपर्ने अर्को मागसमेत पार्टी नेतृत्वसमक्ष राखेका छन् । स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेको र प्रदेश सभा निर्वाचनमा अन्य प्रदेशमा भन्दा धेरै राम्रो नजिता आएको विषयलाई आधार मानेर उनीहरूले लबिङ गरिरहेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

को को चर्चामा

प्रदेश नम्बर १

प्रदेश नम्बर १ को मुख्य मन्त्रीका लागि पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई र एमाले सचिव भीम आचार्य आकांक्षी देखिएका छन्। मुख्यमन्त्रीको दावीसहित दुवै हेभिवेट नेता प्रदेशसभाको चुनावमा होमिएका थिए। दुबैले छुट्टाछुट्टै प्रदेशबाट चुनाव जितेका छन्। पछिल्लो समिक्षाका आधारमा हेर्ने हो भने आचार्य भन्दा राई मुख्यमन्त्रीका लागि बलियो दाबेदारका रुपमा हेरिएका छन्।

प्रदेश नम्बर २

मधेसी दलका लागि बलियो क्षेत्रका रुपमा रहेको प्रदेश नम्बर २ मा पनि दुई नेता मुख्यमन्त्रीका लागि अघि सरेका छन्। विजय यादव र लालबाबु राउतको नाम मुख्यमन्त्रीका लागि चर्चामा छ। दुबै मुख्यमन्त्रीका लागि बलियो दाबेदारका रुपमा देखिएका छन्।

प्रदेश नम्बर ३

प्रदेश नम्बर ३ मा धेरै नेता मुख्यमन्त्रीका लागि आकांक्षी देखिएका छन्। यो प्रदेशमा अष्टलक्ष्मी शाक्यदेखि केशव स्थापितसम्मले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्। राजेन्द्र पाण्डे र सानुकुमार श्रेष्ठ, पशुपति चौलागार्इं, अरुण नेपालले पनि मुख्य मन्त्रीको दाबी गर्दै आएका छन्।

प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेमा मात्रै ६ जनाको दावी छ। एमालेबाट राजेन्द्र पाण्डे, पशुपति चौलागाईँ, अरुण नेपाल, कैलाश ढुङ्गेल, अष्टलक्ष्मी शाक्यदेखि केशव स्थापितसम्मले मुख्यमन्त्री दाबी गरेका छन्। यस प्रदेशमा दुई पटकसम्म मन्त्रीको प्रस्ताव अस्वीकार गरिसकेकी शाक्य मुख्य मन्त्रीका लागि बलियो दाबेदारका रुपमा देखिएकी छन्।

प्रदेश नम्बर ४

प्रदेश नम्बर ४ को मुख्य मन्त्रीका लागि ३ जनाले दाबी गर्दै आएका छन्। पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र दीपक कोइराला मुख्य मन्त्रीको दाबेदार छन्। एमालेका दुई गुरुङ नेता मध्ये एक प्रदेश नम्बर ४ को मुख्य मन्त्री बन्ने संभावना प्रवल देखिएको छ।

प्रदेश नम्बर ५

प्रदेश नम्बर ५ मा भने एमालेले निर्विकल्प रुपमा एमाले नेता शंकर पोखरेललाई मुख्य मन्त्रीका लागि प्राप्त गरेको हो। माओवादी नेता कृष्णबहादुर महरा दाङ क्षेत्र निर्वाचन नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएपछि एमालेले पोखरेललाई मुख्य मन्त्रीका लागि प्रस्ताव गरेको थियो। चुनाव अघि सहमति भइसकेकाले प्रदेश नम्बर ५ को मुख्य मन्त्री पोखरेल नै बन्ने निश्चित छ।

प्रदेश नम्बर ६

प्रदेश नम्बर ६ को मुख्य मन्त्री माओवादीले पाउने निश्चित जस्तै बनेको छ। यस प्रदेशमा कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारी मुख्य मन्त्री बन्ने चर्चा छ। दुबै माओवादी नेता हुन्। तर प्रतिनिधसभामा सल्यानबाट टिकट दाबी गरेका एमालेका प्रकाश ज्वालाले पनि मुख्य मन्त्रीको दाबी गरेका छन्। तर प्रदेश नम्बर ६ माओवादीको पकड क्षेत्र मानिएकाले माओवादीकै तर्फबाट मुख्य मन्त्री बन्ने पक्का जस्तै बनेको छ।

प्रदेश नम्बर ७

प्रदेश नम्बर ७ को मुख्य मन्त्रीका लागि बाजुराका कर्णबहादुर थापा, कञ्चनपुरका तारा लामा तामाङ, कैलालीका दीर्घ सोडारी र बाजुराका प्रकाश शाह, बीरमान चौधरीले मुख्य मन्त्रीको दाबी गर्दै आएका छन्।

अन्य प्रदेशमा मुख्य मन्त्रीका लागि एमालेका धेरै नेताको दाबी भएकाले प्रदेश नम्बर ७ माओवादीले पाएको खण्डमा माओवादीका बीरमान चौधरी मुख्य मन्त्री बन्ने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah