काठमाडौं, माघ २ – नेकपा एमालेको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । कार्यबाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बस्ने बैठकमा पार्टीका विभिन्न बिषयमा छलफल हुने एमालेले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड गएका कारण बैठकको अध्यक्षता कार्यबाहक अध्यक्ष गौतमले गर्न लाग्नुभएको हो ।




