विष्णुप्रसाद पोखरेल
दमक/कमल गाँउपालिकाको वडा नं. ५ स्थित मंगलवारेमा केहि समय अघि भएको सडक दूर्घटनामा परेर एकजनाको ज्यान गएको छ । कमल गाँउपालिका वडा नं. ६ का १८ बर्षिय सौरभ ताजपुरीयाको ज्यान गएको हो ।
मे १ ख ५२२३ नम्बरको ट्रिपरले मे ९ प २२९१ नम्बरको मोटरसाइकलमा सवार रहेका ताजपुरीयालाइ ठक्कर दिएको थियो । बुधबार दिउसो २ बजे भएको दूर्घटनामा गम्भिर घाइते ताजपुरीयाको दमक लाइफलाइन अस्पतालमा ल्याउदा ल्याउदै मृत्यु भएको बताईएको छ ।
मोटरसाइकलमा कुनै क्षति भएको छैन भने हेल्मेट भने फुटेर कच्याकुचुक भएको अवस्थामा रहेको छ । टिपरको हेल्चेक्राइ र अधिक गतिका कारण दूर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएकाछन् ।
दूर्घटना लगत्तै टिपर र टिपर चालकलाइ नियण्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख रबि गिरीले बताएकाछन् ।




