सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई बनाएसँगै बिहीबार बिहानैदेखि धनकुटा तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार बिहान साढे ११ बजेदेखि नै लागु हुने गरी कर्फ्यू आदेश जारी गरिएको हाे।कर्फ्यूपूर्वमा बिहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लोकसेवा आयोगको कार्यालयसम्म, दक्षीणमा पातले खोलासम्म लगाइएको छ।
 
कर्फ्यू लगाइएको बारे सूचना दिन अहिले ठाउँ ठाउँमा सुरक्षाकर्मीले माइकिङ गरिरहेकाछन्। यस्तै यहाँको सुरक्षा व्यवस्था कायम गर्न सुनसरीबाट सुरक्षाकर्मीको थप बल समेत बोलाइएको छ।
 
केही सातादेखि प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटावासीले आज विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी गरेका थिए।
 
प्रदर्शनकारी र प्रहरीबीच धनकुटाका मुख्य चोकहरुमा झडप र ढुंगा हानाहान भएको थियो। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको बताएको छ। प्रदर्शन उग्र बन्दै गएपछि थप सुरक्षा बल तैनाथ गरिएपनि नियन्त्रणमा भने आउन सकेको थिएन।
 
प्रदर्शनकारीले क्षेत्रीय कार्यालयमा, डिभिजन कार्यालय लगायतका सरकारी कार्यलयमा आगजनी गरेका थिए। उप प्रशासक सवन्तराज दाहालक्वार्टरमा माथि बसिरहेकोबेलामा प्रदर्शनकारीले आगजनी गरेका थिए। प्रहरीले उनको सकुशल उद्धार गरेको थियो। यस्तै उनीहरुले उच्च अदालत विराटनगरको धनकुटा इजलाशमा पनि तोडफोड गरेका थिए।
 
प्रदर्शनमा उत्रिएका स्थानीयले नगरपालिकाको वारुणयन्त्रमा पनि तोडफोड गर्नुका साथै एम्बुलेन्समा पनि तोडफोड गरेका थिए।
 
प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ४ जना घाइते भएका छन् । घाइते हुनेमाकांग्रेसको जिल्ला कोषाध्यक्ष दिनेश राई छन् । उनको टाउकोमा चोट लागेको छ । अन्यकोपहिचान भइसकेको छैन । टिभी अन्नपूर्ण बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah