दमक /अपांगता भएका व्यक्तिहरूलाई समाजमा सामान्यतया बोझका रुपमा हेर्ने गरिन्छ। तर, झापा शरणामती-५ कन्काई बजारमा बस्दै आएकी २३ वर्षीया यमुना खतिवडा परिवारका लागि बोझ नभई सामान्य घर खर्च जुटाउने स्रोत बनेकी छन् अर्थात् उनले गरेको आयले परिवारको घर खर्च टर्ने गरेको छ। सानैदेखि दुवै खुट्टा चलन छोडे पछि उपचारका लागि उनी र उनका परिवारले धेरै ठाउँ धाए तर, उनको खुट्टा सञ्चो भएन। सानैदेखी खुट्टाको सहारा नपाएकी उनलाई आत्मविश्वासले भने साथ दियो। उनको आत्मविश्वासले अहिले सबैलाई प्रेरणा दिने काम समेत गरेको छ। मानिसले चाहेको अवस्थामा जस्तोसुकै काम पनि गर्न सक्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन्। उनी आफ्नो अपांगतालाई कमजोरी नभएर आफ्नो शक्ति भएको बताउँछिन्। उनी भन्छिन्- ‘म शारीरिक रुपमा अपांग भएर मलाई कुनै गुनासो छैन। हामीले पनि चाह्यौ भने, संकल्प गरेर लागि पर्‍यौ भने सबै चिज प्राप्त गर्न सक्छौँ।’ खतिवडा शारीरिक रुपमा अशक्त भए पनि बौद्धिक रुपमा सबल र सक्षम छिन्। शारीरिक रुपमा सक्षम ब्यक्ति सरह काम गर्छिन। विद्यालयहरुको प्रश्न पत्र निर्माण, फोटोकपी, फोटो निर्माण, फ्रेमिङ लगायतका काम गर्न शिपालु छिन् उनी। प्राविधिक कुरामा निकै चासो राख्छिन्। उनले आफ्नो घरबाट ६ किलोमिटर सम्मको दुरी यात्रा गरेर कम्युटरको एकाउन्टिङ कोर्स समेत गर्दैछिन्। होपेगन नामक एक संस्थाले दिएको ट्राईसाईकल र दुई वटा वैशाखी अहिले उनको भरोषा र सहारा बनेको छ। त्यसैको सहारामा उनी यता उता हिडडुल गर्ने गर्छिन्। उनलाई पढ्ने मनत थियो तर आफ्नै शारीरिक अवस्थाका कारण उनले पढ्न पाइनन्। गत वर्ष उनी मेची क्याम्पसमा शिक्षा शास्त्र नेपाली विषयमा भर्ना भइन्। तर उनी क्याम्पस जान सकिनन्। उनले घर नजिकैको जनता उच्च माविमा शिक्षा शास्त्रमा आईएड गरेकी छिन्। घर नजिकैको विद्यालय भए पनि वैशाखीको सहारामा उनी विद्यालय जानु पर्थ्यो। ‘स्कुल जाँदाँ धेरै पटक लडे चोटै पनि लाग्यो र हामी अपांगता भएकाहरुलाई समाजमा संघर्ष गर्न धेरै गाह्रो छ’, उनले गहभरि आँशु पार्दै भनिन्, ‘म अपांग भएको कारण कति साथीहरुलेत जिस्काउँथे पनि, स्कुलै जान मन पर्दैन थियो।’ घरमै कम्प्युटर, प्रिन्टर लगायतका सामान जोडेकी उनले अहिले गाउँ घरमा रहेका निजी विद्यालयका प्रश्न पत्र निर्माण, फोटोकपी, फोटो निर्माण, फ्रेमिङ लगायतका सेवा दिदै आएकी छिन्। त्यस वापत उनले आर्जन गरेको रकम परिवार र उनको प्रयोजनका लागि जुटाउदै आएकी छिन्। महिनाको ७-८ हजार घरमै बसेर आम्दानी गर्छिन्। गाँउमा अपांगता सहयोग समिति छ। त्यो समितिको कोषध्यक्ष हुन् उनी। उक्त संस्थाले अपांगता भएका महिलाहरुलाई सिलाई कटाई तथा गुडिया बनाउने तालिम दिने दिने गर्दछ। अहिले पनि संस्थामा २० जना महिलाले तालिम लिइरहेका छन्। बुवा यमनाथ खतिवडा र आमा रमा खतिवडा पनि उनको सिप र कामप्रति दंग छन्। ‘सुरु-सुरुमा त साह्रै पिडा हुन्थ्यो, छोरी त्यस्ती छे अब कसरी गरि खान्छे भनेर तर अब पीर छैन’, उनकी आमा रमाले भनिन्, ‘बरु अरुका कतिपय सपांग छोराछोरी भएर पनि बरालिएर हिडेका छन्।’ गाउँघरमा सबैले यमुनाको प्रशंसा गर्ने गर्छन्। मेहनती, विश्वासिली र काम गर्न सिपालु रहेकी उनका छिमेकी समेत बताउँछन्। छिमेकी राधिका रनपहेली यमुनाले बनाई दिएको भित्तामा टासेको फोटो देखाउँदै भन्छिन्,‘यो सबै फोटो यमुना बहिनीले नै बनाई दिएकी हुन्, साह्रै मिहिनेती र आत्मविश्वास भएकी केटी छिन्।’ उनी स्वयम पनि अपांगता भएकाहरुलाई सहानुभूतिभन्दा पनि अवसरको खाँचो रहेको बताउँछिन्। अवसर दिए सपांग सरह काम गर्न सक्षम रहेको बताउछिन् यमुना। उनी भन्छिन्,‘राज्यले हामीलाई सहानुभूति हैन अवसर दिए पुग्छ। अवसर मात्रै दिए हामी गरेर देखाउँछौ।’ उनी आफ्नो आम्दानीको काम बाहेक सामाजिक संघसंस्थामा समेत आवद्ध रहेकी छन्। रेडक्रस, महिला सञ्जाल, शरणामती अपांग सहयोग समिति मार्फत समाजमा सेवा पुर्‍याउँदै आएकी छन्। अब उनको एउटै लक्ष्य रहेको छ, निजामती सेवामा आबद्ध हुने र राज्यलाई सेवा दिने। उनले आफ्नो पढाई पूरा गरेर निजामती कर्मचारीका लागि भिड्ने बताइन्। उनी अहिले पढाई सँगसँगै लोकसेवा आयोगको परीक्षाका लागि पनि तयारी गरीरहेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah