विष्णुप्रसाद पोखरेल

झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालले यस्तो गर्यो र उस्तो गर्यो भनेर समचार आइरहन्छन् । सकेसम्म दिन बिराएर त नभए हप्तामा एकपटक त गुनागानको रुपमा बिभिन्न बिषयहरु आएकै हुन्छन् ।

कहिले नयाँ सेवा, कहिले यस्तो उपचार, कहिले उस्तो उपचार सम्भव भयो भनेर धेरै पटक पढियो । तर शुक्रबार झापा क्षेत्र नं. ३ का साँसद राजेन्द्र लिङ्देनले एउटा स्टाटस लेखेकाछन् ।

७ बर्षका एक बालक सन्जित राजबंशीको उक्त अस्पतालमा उपचार भएको र उपचार सकिएपनि परिवारले पैसा जुटाउन नसक्दा अस्पतालमा नै रहेको उल्लेख गरेकाछन् ।

उपचार सम्भव भएर पनि पैसा नभएका बालकको पैसा उठाएर निकालेको लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन् । पैसा नहुनेहरुका लागि यति ठूलो पीडा हुदो रहेछ ।

बाहिर सोचेको बिएण्डसीले यस्तो गरेको सुन्दा मलाइ अचम्म लाग्यो । पैसा नभएकालाइ नतिरेसम्म राखिएको त्यो भने एकजना बालकलाइ । यो त साँसदसम्म कुरा पुगेछ र उनको पहलमा त्यहाँबाट निकालिएछ । यदि उनिसम्म कुरो नपुगेको भए के हुन्थ्यो होला ?

लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन् 

हार्दिक अाभार……!
७वर्ष लामो समयदेखि मुख नखुल्ने समस्याले पिडित बाह्रदशी २ निवासी वालक सन्जित राजवंशी जसलाई हाम्रो पहलमा उपचारका लागि विर्तामोड स्थित वि एण्ड सी अस्पतालमा केही समय अघि भर्ना गरिएको थियो । उपचार सफल भएर पनि उपचार शुल्क अभावमा घर जान सकेका थिएनन ।अाज अस्पताल,निम्न सहयोगी संस्था र साथीहरूका अार्थिक सहयोगबाट घर पठाउन पाउँदा धेरै हर्षित छु! सहयोगीहरू….
* डा.रामवावु गिरी रु.१५,०००
* मादेन ढुवानी सेवा रु.१०,०००
* फेन्स् निर्माण सेवा रु.१०,०००
* महालक्ष्मी ज्वेलर्स रु.१०,०००
*राजेन्द्र तिवारी रु.५०००
* कुमार भट्टराई रु.५०००
* जेवि तामाङ रू .५०००
* यज्ञनिधि भुर्तेल/योगेन्द्र खड्का रु. १०,०००
डाक्टर अर्पिता,अस्पताल र सहयोगी सबैमा अाभार !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah