काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली प्रकाशित गरेको छ। निर्वाचन कार्यतालिका अनुसार आयोगले आइतबार बिहान साढे ११ बजे ७ वटै प्रदेशको मतदाता नामावली प्रकाशित गरेको छ।
स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य मतदाता रहेका छन्।
राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयकमा स्थानीय तहका प्रतिनिधिलाई मतभार १८ प्रतिशत र प्रदेशसभाका सांसदलाई मतभार ४८ प्रतिशत दिइएको छ।
राष्ट्रियसभा निर्वाचनमा ७ सय ५३ स्थानीय तहका १५ सय ६ र प्रदेश सभाका ५ सय ५० गरी २ हजार ५६ मतदाता हुनेछन्।
स्थानीय तहमा १५ सय ६ जनाको २७ हजार १ सय ८ र प्रदेश सभाका ५ सय ५० मतदाताको २६ हजार ४ सय मतभार रहेको छ। त्यस अनुसार राष्ट्रियसभाको कुल मतभार ५३ हजार ५ सय ८ रहेको छ।
सबै मतदाताहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुस्।



