एक नम्बर प्रदेशका दुई सांसद सफथ लिनबाट छुटेका छन । सुनसरीकी सांसद उत्तिम बिश्वकर्मा र उदयपुरकी साँसद कला घले सपथ लिनबाट छुटेका छन ।
आईतबार विरेन्द्र सभागृहमा हुने सपथ ग्रहण गर्न आउने क्रममा ढिलो भएपछी उनी हरु सफथ लिनबाट बञ्चित भएका हुन । सफथ ग्रहण सम्पन्न भएको एकघण्टा पछी अर्थात (१२ः १५) बजे उनीहरु सभागृह आईपुगेका थिए । उनीहरुलाई क्षेत्रीय निर्वाचन कार्यलय विराटनगरका अधिकारी प्रेमप्रसाद सञ्जेलले सफथ ग्रहणपत्र प्रदान गरे ।
प्रदेश सांसदका ज्येष्ठ सदस्य ७३ बर्षीय ओमप्रकाश सरावगी लाई प्रदेश प्रमुख गोविन्द सुब्बाले सफथ गराए । त्यसपछी सराबगीले ९१ सांसदलाई सफथ खुवाए । यता संघिय समाजबादी फोरमका प्रदेश सभा सदस्य जयराम यादवले मैथिली भषामा सफथ लिएका छन । मधेशी जनताको अधिकारका लागी लडीरहेको बताउने युवा नेता यादवले मधेशीहरुको मैथिली भाषामा सफथ लिएको प्रतिक्रिया दिए । मधेशवादी अन्य दलका नेताले नेपालीमै सपथ लिएका थिए ।
सपथ ग्रहणकै दिन थोत्रा कुर्सी
प्रदेशसभा सदस्य तथा प्रदेशको सांसदको बैठक बस्ने सभाहल अव्यबस्थित भएको सहभागीहरुले बताएका छन । सहभागीहरु लोकराज अधिकारीले भने,‘ कुर्सी नै थोत्र छन , न त गतिलो बस्ने ठाँउ छ । यो गतीलो भएन, । संञ्चारकर्मीलाई बसेर तस्विर खिच्ने ठाँउ नहुँदा समस्या भएको थियो ।
यता प्रदेश सांसद बस्ने कुर्सीनै थोत्रा थिए । प्रदेश सभाको पहिलो सफथ ग्रहण गर्नु अगावै थोत्रा कुर्सीमा बस्न बाध्य भए । विरेन्द्र सभागृहलाई मर्मत संम्भारमा लापरवाही गर्दा समस्या भएकाले प्रदेश सांसदहरुको सफथ ग्रहण अघि थोत्रा कुर्सीमा बस्नु र्दुभ्याग्य भएको थियो । स्थानीय कृष्ण भण्डारीले भने,‘ विराटनगरको धरोहर विरेन्द्र सभागृहलाई मर्मत नगर्दा यो बेईज्जत भएको हो,। पुर्बेलिन्यूज बाट



