दमक/झापाको दमकबाट ठूलो परिमाणमा लागु औषध सहित एक महिला पक्राउ परेकीछन् । झापाको दमक १ बाट ३९ बर्षिया मन्जु धिमाल पक्राउ परेकी हुन् ।
अवैध लागुऔषध लुकाइ छिपाइ संचित गरेको बिक्रि बितरण गर्ने गरेको सूचनाको आधारमा प्रहरीले खाजतलास र खानतलासी गर्दा ठूलो परिमाणमा बिभिन्न प्रकारका लागु औषधहरु फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले बताएकाछन् ।
स्विटरको गोजीमा कामगजको टुक्रामा पोकोपारेर डाइजेपाम, फेनरागन र लुपिजेसिक १२ सेटको ३६ एम्पुल फेला पारेपछि घरमा खानतलासी गर्दा ३३६ एम्पुल लागु औषध फेला परेको गिरीले जानकारी दिए ।
पक्राउ परेकी महिलालाइ थप अनुसन्धानका लागि जिल्ला अदालत झापामा म्याद थप गरिएको पनि प्रहरीले जानकारी दिएको छ । त्यस क्षेत्र आसपासमा लागुऔषध प्रयोगकर्ताहरु बढ्दै गएको गुनासो आएको प्रहरीको भनाइ छ ।



