कहिलेकाहीं मान्छेले बेहासीमा कसम खान्छ तर कसमको भर हुादैन । जब धोका पाउँछ अनि पछुताउँछ । पछुताएर के गर्ने पहिलेको त्यो समय फेरि फर्किएर आउँदैन । यस्तै भाव बोकेको रोचक राजेश घिमिरेको शब्द तथा खेम सेन्चुरीको लय रहेको रोचक राजेश घिमिरे र कृष्णा परियारको स्वर रहेको झुटो कसम बोलको लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ ।
भनिन्छ कसम खानेले माया लगाउँदैन अनि साँचो माया लगाउानेले कसम खानै पर्देन । कसम त केवल बहाना हो चोखो भावना बिरुद्धको । झुटो कसमले मान्छेको भावनामा चोट दिन्छ । यहाँ यस्तै चोटको सामना गर्ने चार जना युवायुवतीलाई यस गीतको कथामा पात्र बनाईएको छ । यसको निर्देशन नबिन पन्तले गरेका छन् ।
धेरै नै कलाकारहरुलाई स्थान दिएर स्थापित समेत गराउँन सफल पुर्वेली जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुतिमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो । यस गीतको भिडियोमा ऋतु कोईराला, रामजी कुस्मि, बाबु मगर र तारा हमालको अभिनय रहेको भिडियोको छायाँकन जिवन श्रेष्ठले गरेका छन् भने सम्पादन मनिष कार्कीको रहेको छ ।
बाँकी भिडियोमा हेर्नुहोस् :



