सल्यानमा सोमबार दिउँसो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बसमा सवार अन्य ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका –१० की ६५ वर्षीया छन्चरी बिक रुकुम मुसीकोट नगरपालिकाकी पुष्पा खड्का केसी र रुकुम पेउघाका भिमवहादुर खड्का रहेका छन ।
दुर्घटनामा परि गम्भीर घाईते भएका १४ जनालाई सल्यानमा सामान्य उपचारपछि थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको छ । गम्भीर घाईते हुनेमा रुकुम मुसीकोट नगरपालिका वडा नम्बर १ बस्ने वर्ष १८ का विवेक हमाल, रुकुम त्रिवेणी गाउँपालिका ७ वस्ने वर्ष २२ की दिपशिखा वली, रुकुम मुसीकोट नगरपालिका वडा नम्बर ३ बस्ने केदार केसी, सोही ठाउँकी वर्ष ७ की अंकित केसी सोही ठाउँकी वर्ष २४ की विमला रावत रुकुम त्रिवेणी गाउँपालिका बस्ने वर्ष १६ की विन्दु वली रुकुम सानोभेरी गाउँपालिका वडा नम्बर ६ वस्ने वर्ष ६ को गौरव रावल, रुकुम मुसीकोट नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ४ की आयुसी केसी रहनु भएको छ ।
घाईतेहरु केहीको स्थानीय मेडिकलमा उपचार भई रहेको छ भने केही उपचार पछि घर फर्किएका छन । रुकुमबाट दाङका लागि छुटेको कालिका मालिका यातायात प्रालिको ना ५ ख ५३१ नम्बरको बस छत्रेश्वरी गाउँपालिका –६ स्थित भाताखोला नजिक दुर्घटना भएको हो । बस सडकबाट डेढ सय मिटर तल खसेको छ ।



