युवराज विवश

दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बराल रात परेपछि पुल्ठो लिएर निस्कन्छन् । उनका छिमेकी कोही थाल ठटाउँछन्, कोही शंख फुक्न थाल्छन् । अनि कोही पटका पड्काउँदै सडकमा निस्कन्छन् । एक महिनादेखि साँझ परेपछि यसैगरी विभिन्न तौरतरिका प्रयोग गरेर हात्ती लखेट्नु गाउँले सबैको दैनिकी बनेको छ।

दमक नगरपालिका वडा नम्बर २ र ३ का स्थानीय जंगली हात्तीका कारण त्रस्त छन् । हात्ती लखेट्न जिल्ला वन कार्यालयले साइरनजडित गाडी पठाए पनि आतंक घटेको छैन । ‘कहिलेकाहीं गाडी साइरन बजाउँदै आउँछ, त्यति बेला त गाउँले पनि पछिपछि कुद्छन्, हात्ती लखेट्न सजिलै हुन्छ’, बराल भन्छन्, ‘गाडी नआएको दिन हात्ती गाउँ पस्ने डरले रातभर निद्रै पर्दैन ।’
‘एकहुल हात्ती भारतको बाटो हुँदै यता पसेका छन्’, बरालले थपे, ‘बेलुका ७ बजेदेखि धेरैलाई यस्तै हैरानी छ । हैरानी पनि नहोस् कसरी, बितेको २२ दिनयता दुई वडामा मात्रै २७ जनाको घरखेतीमा हात्तीले विध्वंश मच्चाएको छ । बरालका अनुसार सानोठूलो गरेर धेरै क्षति भइसकेको छ । ‘नियन्त्रणका लागि प्रभावकारी उपाय छैन’, उनले बाध्यता सुनाए, ‘जिउ र धनको सुरक्षाका लागि थाल ठटाउनु र पटका पड्काउनु बाध्यता हो।’

दमक नगरपालिका वडा नम्बर २ र ३ का स्थानीय जंगली हात्तीका कारण त्रस्त छन् । हात्ती लखेट्न जिल्ला वन कार्यालयले साइरनजडित गाडी पठाए पनि आतंक घटेको छैन।

झापाको सीमानजिकै इलामको पेल्टीमारीमा १० जना हात्तीका कारण विस्थापित नै बनेका छन् । आइतबार दिउँसो खेतमा पानी लाउन गएका चुलाचुली ३ का सोमनाथ भण्डारीको हात्तीको आक्रमणबाट ज्यान गएको छ । रतुवा नदीपारि इलामतर्फ हात्तीको आक्रमणबाट मृत्यु भएपछि झापामा समेत त्रास बढेको छ । वडाध्यक्ष बरालका अनुसार दमक वडा नं. २ र ३ मा रहेको हम्से दुम्से सामुदायिक बनमा दिउँसोभरि बस्ने हात्ती बेलुका भएपछि आहार खोज्न दमक र चुलाचुलीसम्म पुग्ने गरेका छन्। ‘सात हात्तीको समूहले कहिले दमकमा त कहिले चुलाचुलीमा क्षति पुर्याइरहेको छ’, बरालले भने, ‘अब पनि नियन्त्रणमा नआए ज्यान बचाउन मुस्किल पर्छ।’

जंगलनजिकैको बस्तीमा झन् धेरै जोखिम रहेको स्थानीय बताउँछन् । ‘दिनभर अन्यत्र काम गरे पनि राति हात्ती खेदाउन घरमा आउनुपर्ने बाध्यता छ’, स्थानीय सोम ढुंगानाले भने, ‘नभए कतिबेला घर भत्काउला र ज्यान जाला भन्ने त्रास छ।’

दमक २ का शुक्रराज जबेगूको टिनले बनाएको घर कामै नलाग्नेगरी हात्तीले भत्काएको छ । घरनजिकै लगाइएको तोरी हेरिसक्नु छैन । आलुबाली कुल्चेर खत्तम बनाएको छ । ‘राति सुतिरहेका बेला हात्तीले उत्तरतिर भत्काउन थाल्यो’, जबेगूले भने, ‘हतारहतार निस्किएर ज्यानसम्म बचाइयो ।’ जबेगूको घरमा खैलाबैला मच्चिएपछि वरिपरिका गाउँले भेला भए । ‘अनि आगो बालियो, त्यसपछि हात्ती अर्कोतर्फ लागे’, जबेगूले भने, ‘अनि बल्ल बाँचियो भन्ने लाग्यो।’

जबेगूको घरनजिकैका सुरेन्द्र दुलालको घरअगाडिको पर्खाल बिहीबार बिहान हात्तीले लडायो । दुलालकी श्रीमति बिहानै उठेर चिया पकाउने तयारी गर्दै थिइन् । ‘त्यत्तिकैमा पर्खाल लड्यो, हात्ती घरभित्र छिर्ने डर पनि भयो अनि थाल ठटाउन थालियो, छिमेकीले आगो बाले अनि हात्ती अर्कैतिर लागे’, दुलालले भने।

दमक ३ कै वीरबहादुर पौडेलको ५ कट्ठामा लगाएको फर्सी र गोलभेंडा खेती हात्तीकै आहारा भयो । ‘आहारा खोज्दै घरभित्र पसेका हात्तीले गाईका लागि ल्याएको चोकर पनि खायो । ज्यान बचाउनै मुस्किल हुने अवस्था आइसकेको छ’, पौडेलले भने ।
जाडोमा हात्तीले घर भत्काएपछि पीडितको थप बिजोग भएको छ । हात्तीले चुलाचुलीका ललित राई, मनु राई, नेत्र बास्कोटा, नरबहादुर भुजेल, खेमनाथ अधिकारी, सुमन लिम्बूलगायतको घर कामै नलाग्नेगरी भत्काएको छ । ‘पहिले घरमा रहेको धान खोज्ने, नभेटेपछि भौतिक क्षति गर्ने गरेको छ’, ढुंगानाले भने, ‘हाम्रै वडामा मात्रै १६ जनाको घर र बालीमा क्षति पुगेको छ।’

वडाध्यक्ष बरालले हात्तीको त्रासदी नियन्त्रणका लागि सरकारी स्तरबाट कुनै सहयोग नभएको बताए । हात्ती नियन्त्रणका लागि सशस्त्र प्रहरीलाई अनुरोध गरेको भए पनि सीमित स्रोतका कारण आउन नसक्ने जबाफ दिएको उनले सुनाए। ‘प्रहरी बोलाउँदा समेत आउँदैनन्’, उनले भने, ‘पर्याप्त साधन छैन, हात्तीलाई गोली हान्ने आदेश छैन भनेर प्रहरी पन्छिने गरेको छ।’
हात्तीबाट क्षति भोग्ने केहीले क्षतिपूर्ति पनि पाएका छन् तर त्यो नगन्य भएको उनीहरुको गुनासो छ।

नियन्त्रणलाई पहल नहुँदा स्थानीय आक्रोशित
दमक नगरपालिकाको माथिल्लो क्षेत्रमा हात्तीले दैनिक आतंक फैल्याए पनि नियन्त्रणका लागि पहल नभएकोमा स्थानीयले आक्रोश व्यक्त गरेका छन् । दिनैपिच्छे हात्तीको आक्रमण बढेको र क्षति समेत बढ्दै जाँदा समेत नियन्त्रणको पहल नभएको दमक ३ का बासिन्दाले बताए । सोमबार दमक नगरपालिकामा भएको छलफलमा जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुवेदीसमक्ष उनीहरुले हात्ती नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याउनुपर्ने माग राखे । विद्युतीय तारजाली प्रयोग गरी हात्ती नियन्त्रणका लागि पहल गर्नुपर्ने माग राखेको दमक ३ का वडाध्यक्ष नवीन बरालले बताए । जवाफमा जिल्ला वन अधिकृत सुवेदीले त्यसका लागि आवश्यक योजना बनाउन र जनप्रतिनिधिमार्फत काम अघि बढाउन सुझाव दिएका थिए । ‘दैनिक हात्तीको आक्रमण बढ्दो छ’, बरालले भने, ‘वनले दैनिक गस्ती गरिदिए सहज हुने थियो।’

बरालले हात्ती नियन्त्रणका लागि दमक नगरपालिकाले केही थान हाते साइरन र टर्च उपलब्ध गराउने प्रतिबद्धता नगर प्रमुख रोमनाथ ओलीले गरेको बताए । हात्तीले २ साता अवधिमा मात्रै दमकका २८ घरमा क्षति पु¥याएको छ । यस्तै सशस्त्र प्रहरीले हात्ती  लखेट्न आवश्यक जनशक्ति पठाइने जनाएको छ । नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah