विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक साविक वडा नं. १२ हाल ७ नम्बर (हाटखोला)मा ७ बर्षदेखि बधुवाको जिबन बिताउन बाध्य भएकी एक बालिकाको उपचारका लागि सहयोग र परिवारलाइ राहत सामाग्रि पुर्याउने काम शुरु भएको छ ।
लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतम र तृतिय उपाध्यक्ष मनोज अग्रवालले ब्याक्तिगत तर्फबाट दूइ महिनाका लागि पुग्ने गरी खाद्यन्न, दाल, तेल लगायत भान्साका सबै सामाग्रिहरु उपलब्ध गराएकाछन् । अध्यक्ष गौतमले बालिकाको उपचारमा सहयोगका लागि ५ हजार नगद समेत प्रदान गरेकाछन् ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी, प्रशासकिय अधिकृत युवराज दाहाल सहितको उपस्थिितमा राहत सामाग्रि प्रदान गरिएको हो । सो अवसरमा आवश्यकता अनुसार अन्य सहयोग गर्ने समेत लयान्सकर्मीहरुले बताएकाछन् । नगर प्रमुख ओलीले यस किसिमका समस्याहरु नगरभित्र कहि रहेको भए नगरपालिका सहयोग गर्न तत्काल तयार रहेको जनाए ।
उपप्रमुख अधिकारीले नगरपालिका क्षेत्रभित्र कसैले पनि उपचार नपाएर छटपटाउनु पर्ने अवस्था, गरिबीका कारण बधुवा बन्नु पर्ने अवस्था रहेको भए तत्काल त्यो अवस्थाबाट मुक्त गराउन प्रयन्तशिल रहने बताइन् । यसभन्दा अघि दमक ७ कै एक किशोरीलाइ पनि सहयोग गरिएको उनको भनाइ रहेको थियो ।
डा.अनुजा भट्टराइले यि बालिकाका लागि मुख्य भनेकै हेरचाह भएको बताइन् । शरणार्थी शिबिरमा दिवा सेवाको हेरचाह केन्द्र रहेकाले त्यहाँ दैनिक रुपमा पुर्याउन सकिएमा सुधार आउन सक्ने जनाइन् ।
जेसिज अध्यक्ष चन्द्र खत्रीले पनि गरे सहयोग
यसैबीच दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीले पनि यस पीडित परिवारलाइ सहयोग गर्ने बताएकाछन् । उनले तत्काल बालिकाको लागि न्यानो कपडा र ओड्ने ओछ्याउनेको बन्दोबस्त आफूले गर्ने बताए । जेसिज मानवीय सेवामा लाग्ने संस्था भएकाले सकेको सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
सवाल नेपाललाइ धन्यवाद
बालिकाको उद्धार र सहयोग जुटाउन सवाल नेपाल अनलाइनले महत्वपूर्ण भूमिका खेलेको भन्दै दमक नगरपालिका प्रमुख ओली र उपप्रमुख गिता अधिकारी, लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट लगायतले धन्वाद दिदै यस प्रकारको जनउत्तरदायी पत्रकारिताको खुलेर प्रशंशा पनि गरेका थिए ।



