काठमाडौँः नेकपा एमाले आफ्नो भागमा परेका चारवटा प्रदेशमा सर्वसम्मत हुन नसके निर्वाचनबाट मुख्यमन्त्री छान्ने निर्णय गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बिहान बसेको एमाले स्थायी कमिटिको बैठकले मुख्यमन्त्रीका लागि पहिले सर्वसम्मतको प्रयास गर्ने यदि त्यसो हुन नसके चुनावबाट मुख्यमन्त्री छान्ने निर्णय गरेको हो ।

‘पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका उम्मेदवार सर्वसम्मत भइसकेका छन् । अन्य प्रदेशमा पनि हामी त्यही कोशिशमा छौँ’, एमाले उपाध्यक्ष वामदेव गौतमले बैठकपछि भने, ‘यदि सर्वसम्मत हुन नसकेमा प्रदेश सभाको पहिलो बैठकपछि कार्यविधि बनाएर चुनावमार्फत मुख्यमन्त्री छान्छौँ ।’

उपाध्यक्ष गौतमले पार्टी अहिले पनि प्रदेश १, ३ र ४ मा मुख्यमन्त्रीका लागि सर्वसम्मतको कोशिशमा रहेको बताउँदै यदि त्यसो नभएमा चुनावमार्फत संसदीय दलको नेता छानेर मुख्यमन्त्री चयन गर्ने उल्लेख गरे ।

एमालेबाट प्रदेश १ मा शेरधन राई र भीम आचार्य प्रमुख दाबेदार छन् । त्यसैगरी प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र सानुकुमार श्रेष्ठले दाबेदारी प्रस्तुत गरेका छन् । प्रदेश ४ मा पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङबीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah