काठमाडौँ । सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी जोन तामाङ आज जिवितै फेला परेका छन्।
ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका थिए । तामाङलाई आज हराएकै स्थान फुलचोकीको सेतो कखरा भन्ने ठाउँको खाल्डोमा नेपाल आर्मीले फेला परेको हो।
बुधबार साँझ लगभग साढे ५ बजेतिर उनलाई नेपाल आर्मीको टोलीले उनलाई उद्धार गरेको हो। ७ दिनदेखि हराएका तामाङको तिब्र रुपमा खोजि कार्य भै रहेको थियो। बिगुल न्यूज बाट साभार



