काठमाडौँ । सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी जोन तामाङ आज जिवितै फेला परेका छन्।
ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका थिए । तामाङलाई आज हराएकै स्थान फुलचोकीको सेतो कखरा भन्ने ठाउँको एउटा खाल्डोमा फेला परेका हुन् ।
बुधबार साँझ लगभग साढे ५ बजेतिर उनलाई हिमाल तथा पहाड चादन सक्ने शेर्पाको ७ जनाको टोलीले र आफन्तहरुले दिनभरी खोज्ने क्रममा फेला परेका हुन्। ७ दिनदेखि हराएका तामाङको परिवारजान तथा आफन्तहरुले हरेको दिन दिएखि नै तिब्र रुपमा खोजि कार्य गरिरहेका थिए। तामाङ भेटिएको खबर पाउना साथ डीएसपीको कमाण्ड २ ओटा प्रहरी भ्यान त्यहाँ पुगेका थिए। बच्चाको स्वास्थ्य स्थितिलाई मध्यनजर राख्दै बि एण्ड बि हस्पिटलबाट एम्बुलेन्स लगिएको थियो।
अहिले तामाङलाई बि एण्ड बि हस्पिटलमा लगिएको छ। बच्चा भेटिएपछि यस घटनाकोबारे बिगुल न्यूजका संवाददाता शरोज दाहालले जोनकी आमाले कुरा गर्दा यसमा घटनामा बिद्यालयका प्रधानाध्यापकको हात हुन सक्ने बताएकी छन। बच्चा हराएको यत्रो दिन हुँदा पनि खोजबिनामा बिद्यालयको चासो नहुनु, हराएकै दिन पनि यदि जोनलाई खोज्ने प्रयास गरेको भए भेटिन सक्ने अवस्था हुँदा पनि नखोज्नुले पनि बिद्यालयका प्रिन्सिपल संकाको दायरा रेहको उनले बताईन्।
सात दिन सम्म खाल्डोमा बिना कुनै खाना कसरी जोन जीवित रहन सके भन्ने बिषय पनि रहस्यम रहेको जोनका आफन्तहरुले बताएका छन्। बिगुल न्यूज बाट साभार



