विष्णुप्रसाद पोखरेल
दमक/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन आतुर रहेको केहि समययता समचार तथा विश्लेषणहरु हुन थालेकाछन् । यसैको तयारीको रुपमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउदैछिन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाइ नेपालको अबको प्रधानमन्त्रीको रुपमा हेरिएको छ । यति माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको अडान कायम रहेमा ओली प्रधानमन्त्री पनि बन्दैछन् ।
एमाले र माओबादी केन्द्रबीचको एकता अन्योल नै रहेपनि सरकार बन्ने कुरामा भने खासै बिरोध देखिदैन । तर शक्ति सन्तुलन र पदबाँडफाडको बिषयमा भने दूइ दलबीच लफडा कायम छ ।
ओली प्रधानमन्त्री बन्ने अहिलेसम्मको अवस्थामा निश्चित जस्तै रहेको छ । यसर्थ मोदी ओली प्रधानमन्त्री भएपश्चात नयाँ सरकार गठन भएपछि सपथ कार्यक्रम आउन सक्ने आँकलन गर्न थालिएको छ ।
बारम्बार रुपमा मोदीले ओलीको विश्वास जित्नलाइ फोन गर्ने गरेको र नेपालसंग सम्बन्ध सुधार गर्न आतुर रहेको समचारहरु प्रकाशमा आइरहेकाछन् । भारतीय मिडियाहरुले समेत यो बिषयलाइ प्राथमिकता दिइरहेकाछन् ।
ओली र मोदीबीचको कनेक्सनको बिषयमा काँग्रेसका प्रभावशाली युवा नेता गगन थापाले त सार्वजनिक कार्यक्रममा प्रश्न नै खडा गरेकाछन् ।
उनले भारतीय प्रधानमन्त्री र ओलीबीचको बारम्बारको टेलिफोन बार्ताको काँग्रेसले बिरोध गर्नु पर्छ समेत भनेकाछन् । यसले काँग्रेसका थापाजस्ता नेता समेत त्रसित बन्नुलाइ रहस्यमय मानिन्छ ।



