विष्णुप्रसाद पोखरेल
दमक/ दमक उद्योग बाणिज्य संघले बाणिज्य संघको इतिहासमा महोत्सवबाट पहिलो पटक आम्दानी गर्न सफल भएको दाबी गरेको छ । गत पुस २७ गते देखि माघ ८ गतेसम्म सञ्चालन भएको महोत्सवको आय ब्यय सार्वजनिक गर्दै यस्तो दाबी गरिएको हो ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार महोत्सवबाट २३ लाख ५८ हजार १ सय ८८ खुद नाफा भएको छ । अझै २ देखि ३ लाख प्रतिबद्धता गरेको रकम आउन बाँकी रहेको उनले बताए । यो रकम पूर्व प्रतिबद्धता बमोजिम इलम प्रशिक्षण केन्द्रको ब्यवस्थापन र ब्यवसायिक हितकोषमा खर्चने उनले जानकारी दिएकाछन् ।

महोत्सव मूल ब्यवस्थापन समितिका संयोजक राजन दंगालले शान्तिपूर्ण रुपमा दमक महोत्सव निर्विबाध रुपमा सम्पन्न भएको जनाए । महोत्सवले दमकमा नयाँ आयाम ल्याएको जनाउदै सबैलाइ धन्वाद दिए । महोत्सवको समयमा चोकमा सजावटका लागि राखिएका गमला तथा फूल नउठाइने समेत बाणिज्य संघले जनाएको छ ।

यसैगरी दमक बजार तथा चोकमा बाणिज्य संघले डस्विनको समेत ब्यवस्था गर्ने भएको छ । महोत्सवको समयमा ल्याइएका डस्विनहरु चोक तथा बजारमा राखिने तयारी भएको बाणिज्य संघका दितिय उपाध्यक्ष युवराज घिमिरेले बताए । उनले यो सरसफाइका लागि संघको योगदानको रुपमा अघि बढाइने उल्लेख गरे ।

संघको पत्रकार सम्मेलनको सञ्चालन प्रथम उपाध्यक्ष गोपाल गुरागाईले सञ्चालन गरेका थिए भने तृतिय उपाध्यक्ष तारा अधिकारी लगायतका संघका सबै सदस्यहरुको सहभागिता रहेको थियो । शुक्रबार नै महोत्सव मूल ब्यवस्थापन समिति सहितका सबै उप समितिहरु बिघठ्न गरिएको पनि जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah