प्रदेश–५ को लागि ६ तले भवनमा मुख्य मन्त्रीको कार्यालय स्थापना गरिएको छ। बुटवलस्थित उच्च अदालत नजिकको भवनमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लेखिएको बोर्ड टाँगिएको हो।

मुख्यमन्त्रीको कार्यालयसँगै आन्तरिक मामिला तथा कानून मन्त्रालयको पनि बोर्ड राखिएको छ। श्रम कार्यालयको लागि निर्माण भएको उक्त ६ तले भवन अझै तयार भइसकेको छैन।

मुख्यमन्त्री भवन

मुख्यमन्त्री भवन

अहिले झ्याल ढोका राख्ने, सरसफाई र ‘फिनिसिङ’ को काम चलिरहेको छ। उक्त भवनको चौंथो तलामा प्रदेश सरकारका प्रमुख सचिवको कार्यकक्ष राखीएको छ। भवनको मर्मत सकिएपछि मुख्यमन्त्रीको कार्यकक्ष पनि राखिने शहरी विकास तथा भवन डिभिजन कार्यालय रुपन्देहीले जनाएको छ।

‘एक सातामा भवन मर्मतको सबै काम सकिन्छ’ भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सुरेश ठाकुरले नेपालखबरसँग भने ‘६ तले भवनमा मुख्यमन्त्रीको कार्यालयसहित ४ वटा मन्त्रालय रहने छन्। बाँकी मन्त्रालयको लागि भवनहरुको तय भइसकेको छ।’

उनका अनुसार बुटवलको सीप विकास तालिम केन्द्रको भवन, यातायात व्यवस्था कार्यालयको भवन र भूमिगत सिँचाई सव डिभिजन कार्यालयको भवनमा पनि मन्त्रालय रहनेछन्।

प्रदेश प्रमुख कार्यालय र निवासको लागि निर्माणाधीन सरकारी वकिलको कार्यालयको भवन तय गरिएको छ। हाल रुपन्देही व्यापार संघको भवनमा प्रदेश प्रमुखको कार्यालय रहेको छ। ‘सरकारी वकिलको भवन निर्माण सकिएपछि कार्यालय त्यता सारिनेछ’, डिभिजन प्रमुख ठाकुरले भने।

यो प्रदेशको मुख्यमन्त्री एमाले नेता शंकर पोखरेल बन्दैछन्। वामगठबन्धनको बहुमत रहेको प्रदेश–५ को एमाले संसदीय दलको नेता यसअघि नै निर्वाचित भइसकेका छन्।

अझै तयार पारिएन प्रदेश सभा बैठक स्थल
प्रदेश सभाको बैठक आइतबार सुरु हुने भएपनि सभास्थल अझै तयार पारिएको छैन। बुटवल उद्योग वाणिज्य संघको सभाहललाई पाँच नम्बर प्रदेशको प्रदेश सभाको बैठकस्थल बनाइएको छ। बैठक स्थलभित्र र बाहिर हतार–हतार मर्मत सम्भार भइरहेको छ। सभाहलभित्र कुर्सीहरु थुपारिएका छन्, तर मिलाईएको छैन। ड्यास, र भित्ताहरु पनि मर्मत भइरहेका छन्। बैठकस्थल बाहिर सभाहललाई रंग रोगन गर्ने काम भइरहेको छ।

भुइँ पनि सफाई गरिँदैछ। प्रदेशको संसद सचिवालय पनि उद्योग वाणिज्य संघको भवनमै स्थापना गरिएको छ। भवनको दोस्रो र तेस्रो तलामा सचिवालय रहेको छ। प्रदेश–५ को प्रदेश सभामा ८७ जना प्रदेश सभा सदस्य छन्। नेपाल खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah