विष्णुप्रसाद पोखरेल
दमक/दमक उद्योग बाणिज्य संघको दैनिक आम्दानी २ लाख भन्दा बढि भएको पाईएको छ । गत पुस २७ गतेदेखि माघ ८ गतेसम्म भएको महोत्सव नाफामा गएसंगै महोत्सव अवधिमा बाणिज्य संघले यो आम्दानी गरेको हो ।
बिगतका महोत्सव बिबादस्पद र घाटामा गए पनि पहिलो पटक दमक महोत्सव नाफामा गएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले दाबी गरे । उनले महोत्सव सोचे भन्दा धेरै शान्तिपूर्ण भएको जनाए ।
महोत्सव मूल व्यवस्थापन समितिका अध्यक्ष राजन दंगालका अनुसार महोत्सव नाफामा जानुका साथै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । महोत्सवले दमकलाइ नयाँ चिनारी दिएको मात्र नभइ उदेश्य अनुरुप सफल भएको उनले बताए ।
महोत्सवबाट अहिलेसम्मको हिसावमा २३ लाख ५० हजारभन्दा बढि नाफा भएको र अझै प्रतिबद्धता बमोजिम ४ लाख ५० हजारभन्दा बढि रकम आउन बाँकी रहेको छ । यो रकम आउदा महोत्सवको आम्दानी ३० लाखको हाराहारीमा पुग्ने छ ।
इलम प्रशिक्षण केन्द्रको ब्यवस्थापन र व्यवसायिक हितकोषमा यो रकम खर्च हुने दमक उद्योग बाणिज्य संघले जनाएको छ । इलम प्रशिक्षण केन्द्र अहिले लथालिंग रहेको छ ।




