दमक/झापाको दमकमा एक बृद्धाश्रममा रहेकी ७२ बर्षिया बेसहारा एकल महिलालाइ लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र सवाल नेपाल अनलाइनको पहल तथा दमक नगरपालिकाको सक्रियतामा नागरिकता दिलाइएको छ ।

दमक ४ मा रहेको रत्नबृद्धाश्रममा लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतम, तृतिय उपाध्यक्ष मनोज अग्रवाल, लायन्सकर्मी बुद्धिशेखर भट्टराइ, तिर्थनारायण श्रेष्ठ, सवाल नेपालका सम्पदाक विष्णुप्रसाद पोखरेल सहितको टोली खाद्य सामाग्रि एवं राहत प्रदान गर्न जाने क्रममा ७२ बर्षिया सुकमाया तामाङ नागरिकता नरहेको भन्दै रोएकी थिइन् ।

आफूले पाउने सामाजिक सुरक्षा भत्ता पाउन बञ्चित रहेको भन्दै भक्कानिएपछि नागरिकता दिलाउनका लागि प्रयास शुरु भएको थियो । अध्यक्ष गौतम र नगरपालिकाका इन्जिनियर समेत रहेका लायन्सकर्मी श्रेष्ठले आफूहरुले नागरिकता दिलाउन पहल गर्ने भन्दै आश्वसन दिएका थिए ।

लायन्स क्लव र सवाल नेपालले दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत युवराज दाहाल लगायतलाइ जानकारी गराए लगत्तै नगरपालिकाले नागरिकता दिलाउन नगरपालिकाले सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको थियो ।

उपप्रमुख अधिकारीले तत्कालै आवश्यक कागजपत्र जुटाउन नगरपालिकाको सम्बन्धित फाँटमा निर्देशन दिएर नागरिकता दिलाउनका लागि प्रयास शुरु गरेकी थिइन् । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नागरिकता दिलाएरु सामाजिक सुरक्षा भत्ता बृद्धाश्रममा नै पुर्याउने ब्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए ।

आइतवार नगरपालिका उपप्रमुख अधिकारी, लायन्सकर्मीहरु रोहवर र सनाखतमा बसेर तामाङलाइ नागरिकता दिलाइ दिएकाहुन् । जनप्रतिनिधि मिना विश्वकर्मा,  लायन्सकर्मीहरु मनोज अग्रवाल, बुद्धिशेखर भट्टराइ, नगरपालिकाका कर्मचारी दलबहादुर खत्री, बृद्धाश्रममा रेखदेख गर्दै आएकी रिता सुनुवार लगायत इलाका प्रशासन कार्यालय गएर आफूहरु रोहवरमा बस्न तयार रहेका बताए थिए ।

इलाका प्रशासन कार्यालय दमकका प्रमुख भोजराज श्रेष्ठले यस्ता नागरिकलाइ नागरिकता दिन अत्यन्न असहज र अप्ठेरो रहेको बताएका थिए । उनले कानूनमा यस्तो बिषयमा केहि ब्यवस्था नरहेको बताउदै स्थानीय सरकारले आवश्यक कागजपत्र बनाउन सहयोग गरेर र जनप्रतिनिधि तथा समाजका लब्धप्रतिष्ठित ब्याक्तिहरु आएर एक बेसहारा नागरिकको पक्षमा उभिएको भन्दै सबैप्रति आभार प्रकट गरे ।

नगरपालिका उपमेयर अधिकारीले एक बृद्धा आमाले नागरिकता लिदा गहभरी हर्षका आँशु झार्दा आफू पनि गम्भिर भएको बताइन् । केहि दिन अघि नगरपालिका आएर रुदै नागरिकता नभएको सुनुवाउदा आफूलाइ धेरै नराम्रो लागेको स्मरण गर्दै अहिले उनले नागरिकता लिदा आफूलाइ राम्रो काम गरेको अनूभूत भएको उनको भनाइ थियो ।

क्लवका अध्यक्ष गौतमले दूइ हप्ताको पहलमा एक बृद्धा आमालाइ नागरिकता दिलाउन पाउदा अहिलेसम्मकै खुसि मिलेको बताए । नगरपालिकाकी उपप्रमुख अधिकारी, इलाका प्रशासन कार्यालय दमकका प्रमुख श्रेष्ठ, कर्मचारी जिबराज भट्टराइ लगायत नागरिकता दिलाउनका लागि प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने सबैप्रति गौतमले आभार प्रकट गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah