काठमाडौं, २४ माघ –चर्चित हास्यकलाकार दीपकराज गिरीकी छोरीको विवाह हुने भएको छ । दीपककी जेठी छोरी मौषमी गिरीको नुवाकोटका सुशील पण्डितसँग बुधबार स्वयम्बर भएको हो ।
उनीहरुको स्वयम्बरको तस्बिर हास्यकलाकार दीपाश्री निरौलाले फेसबुकमार्फत सार्वजनिक गरेकी छन् । तस्बिर राख्दै दीपाले उनीहरूलाई बधाई दिएकी छन् ।
केहीवर्षयताको प्रेम सम्बन्धपछि आगामी फागुन ११ गते विवाह हुने तय भएको पारिवारिक स्रोतले जनाएको छ ।
सुशील नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा हुन् ।

लोकान्तर बाट साभार



