प्रदेश १ को एमाले संसदीय दलको दौडबाट एमाले केन्द्रीय सदस्य जीवन घिमिरे पछि हटेका छन् । प्रदेशमा बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकोले यो दौडको अन्तिम टुंगो पार्टी सचिव भीम आचार्य र नेता शेरधन राईबीच हुने भएको छ । मुख्यमन्त्रीमा दाबी गर्दै लविङमा लागेका नेता घिमिरेले अर्का प्रत्यासी शेरधन राईलाई सघाउने सहमतिपछि पछि हटेको एमाले स्रोतले जनाएको छ ।

विराटनगरः प्रदेश १ को एमाले संसदीय दलको दौडबाट एमाले केन्द्रीय सदस्य जीवन घिमिरे पछि हटेका छन् । प्रदेशमा बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकोले यो दौडको अन्तिम टुंगो पार्टी सचिव भीम आचार्य र नेता शेरधन राईबीच हुने भएको छ ।

मुख्यमन्त्रीमा दाबी गर्दै लविङमा लागेका नेता घिमिरेले अर्का प्रत्यासी शेरधन राईलाई सघाउने सहमतिपछि पछि हटेको एमाले स्रोतले जनाएको छ । तर, घिमिरे आफूले भने ‘तीन प्रत्यासीबाट एकमा निर्णय ल्याउन सहज होस भनेर’ पछि हट्ने मनस्थिति बनाएको बताए ।

तपाईं पछि हटेर दुईजना प्रत्यासी रहे भने के गर्नुहुन्छ ? भन्ने विज्ञासामा भने, ‘मैले एकजनामा सहमति होस भनेर यो निर्णय लिएको हुँ तर दुईजना हुने भए भने के गर्ने र कसलाई समर्थन दिने भन्ने त्यतिबेलै भन्छु ।’ घिमिरेलाई प्रदेश १ को शक्तिशाली मन्त्रालय दिने सहमति भएअनुसार उनले राईलाई सघाउने संस्थापन पक्षका एक नेताले बताए ।

एमाले संसदीय दलको नेताको चुनाव शुक्रबार दिउँसो २ बजे प्रदेशसभा रहेको जिल्ला समन्वय समितिमा हुनेछ । चुनावका लागि चुणामणि आचार्यको संयोजकत्वमा टिकाराम पुरी र प्रेम पोखरेले सदस्य रहेको निर्वाचन समिति बनाइएको छ । एमालेको प्रदेश कमिटीमा मुख्यमन्त्रीको विषयमा सहमति हनु नसकेपछि निर्वाचनबाट छान्ने निर्णय भएको हो ।

शेरधन राई पक्षधर प्रदेशसभा सदस्यहरु विराटनगरको फन एन्ड फुड रिसोर्टमा भेला भएका छन् । झापाका ७ जना प्रदेशसभा सदस्यसमेत त्यहाँ भेला भएपछि २८ जना सदस्य पुग्ने राई पक्षधरको दाबी छ । एमाले संसदीय दलमा ५१ ज्ना सांसद छन् । उता भीम आचार्य पक्ष पनि अलग्गै इटहरीस्थित प्रदेश कार्यालय भेला भएका छन् । मुख्यमन्त्रीमा राई र आचार्यले आफू नै यो पदका लागि योग्य भएको भन्दै दाबेदारी छाडेका छैनन् । अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah