झापा।

सरकारी श्रोत र साधनको दुरुपयोग भए÷नभएको नियमन गर्ने निकाय हो जिल्ला प्रशासन कार्यालय । तर, नियमन गर्ने निकायका उच्च पदस्थ अधिकारीले नै सरकारी श्रोत र साधनको दुरुपयोग गरे भने अरुको अनुगमन कसले गरिदिने ?

यस्तै देखियो शनिवार, जिल्ला प्रशासन कार्यालय झापाका एक अधिकारी, जिल्ला समन्वय अधिकारी खेमराज ओझा, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा लगायतका उच्च पदस्थ अधिकारी शनिवार सरकारी सवारीको दुरुपयोग गर्दै वनभोजमा रमाए ।

सामान्यतः बिदाका दिन सरकारी सवारी चलाउन प्रमुख जिल्ला अधिकारीबाट पास लिनुपर्ने हुन्छ । तर, जिल्ला प्रशासन कार्यालय झापाका एक अधिकारी, स्थानीय समन्वय अधिकारी र शिवसताक्षी नगरपालिकाका प्रमुख लगायत सरकारी सवारीको दुरुपयोग गर्दै मेचीनगरमा रहेको बाँसबारी सिमसार क्षेत्रमा आयोजना गरेको बनभोजमा रमाए ।

शिवसताक्षी नगरपालिका र पूर्वगाविस सचिव हकहित संरक्षण मञ्चले वनभोज कार्यक्रम छुट्टा–छुट्टै आयोजना गरेका थिए । वनभोजमा सरिक हुन जिल्ला प्रशासन कार्यालयका एक अधिकारी र स्थानीय समन्वय अधिकारी खेमराज ओझा मे१झ १३६ नम्बरको सवारीमा पुगेका थिए भने शिवसताक्षीका प्रमुख सेर्मा मे१झ १३१ नम्बरको सरकारी गाडीमा बनभोज स्थल पुगेका थिए ।

उनीहरु मात्र होइन सरकारी नम्बर प्लेटका मोटरसाइकलमा पूर्व गाविस सचिव समेत वनभोज स्थलमा पुगेका थिए । सहायक प्रमुख जिल्ला अधिकारीसहित उच्च पदस्थ कर्मचारीले सरकारी साधनको दुरुपयोग गरेको सञ्चारकर्मीले तस्वीर खिच्न थालेपछि जिल्ला प्रशासन झापाका एक कर्मचारी र जिल्ला समन्वय अधिकारी पिकनिक स्पोर्टबाट बाहिरिएका थिए ।

यता शिवसताक्षीका प्रमुख सेर्मा चढ्ने मे१झ १३१ नम्बरको सरकारीसाधन भने दिनभर ‘पिकनिक स्पोर्ट’ मा थियो । पूर्व गाविस सचिवले चढ्दै आएका मे१ब ३२२, मे१ब १९९, मे१ब ४१५६, मे१ब २०२ र मे१ब ४३५ लगायत झण्डै एक दर्जन सरकारी नम्वर प्लेटका मोटरसाइकल दिनभर ‘पिकनिक स्पोर्ट’मा थिए ।

शिवसताक्षी नगरपालिकाका केही पदाधिकारी र केही पूर्व गाविस सचिव दिनभर बनभोज स्थालमा मदिराको चुस्कीसँगै रमाइ रहेका थिए । शिवसताक्षी नगरपालिकाका प्रमुख सेर्मालाई बनभोजमा सरकारी गाडी लिएर आफै सरिक हुनुभएछ नि भन्ने प्रश्नमा उनले कानूनमा के छ आफूलाई थाह नभएको र शनिवार भएकाले कार्यालयको नाममा भएको सवारी आफूले प्रयोग गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने सरकारी सवारीको दुरुपयोगका विषयमा जिज्ञासा राख्दा स्थानीय सरकार भएका कारण स्थानीय क्षेत्रको विषयमा बुझ्न स्थानीय तहमै सम्पर्क गर्न आग्रह गरे । उनले भने– स्थानीय तहबाटै सवारीको अनुमति लिएर बनभोजका लागि सवारीको प्रयोग भएको हुनसक्छ ।

नियमनकारी निकायका उच्च पदस्थ कर्मचारीले नै सरकारी श्रोत र साधनको चरम दुरुपयोग गरिरहँदा सर्वसाधारणले अब के अपेक्षा गर्ने ?आमसञ्चारबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah