नयाँ दिल्ली (एजेन्सी)– मल्लिका शेरावतको विषयलाई लिएर अहिले बजार तातेको छ। केही दिनअघि मात्र उनको फ्रेन्च ‘व्वाइफ्रेन्ड’ टाट पल्टिएको खबर बाहिरिएको थियो। यद्दपी उनले यसको खण्डन गरिसकेकी छिन्।

अहिले मल्लिका भारतमा बच्चाहरूको मानव तस्करी र यौन शोषण गर्नेविरूद्ध लडिरहेको एउटा गैर–सरकारी संस्था ‘फ्रि अ गर्ल इन्डिया’ सँग सहकार्य गरिरहेकी छिन्। उनले यसैका लागि विदेश मन्त्री सुषमा स्वाराजसँग सहयोगको अपील गरेकी हुन्। उनले ट्विटरमा भनेकी छिन्, ‘कृपया ‘फ्री अ गर्ल’ एनजीओको सह–संस्थापकलाई सहयोग गरिदिनुहोला। जसलाई भिजा दिन भारतीय दुतावासले अस्विकार गरिरहेको छ।’

‘फ्री अ गर्ल’ आन्दोलनकी सह–संस्थापक डच नागरिक एवलियेन होल्स्केनलाई भारतीय दुतावासले थुप्रै पल्ट भिजा दिन अस्विकार गरेको छ। उनको एनजीओले भारतमा बाल तस्करी र महिला कल्याणको क्षेत्रमा काम गरिरहेको छ।

मल्लिका ‘स्कुल फर जस्टिस’ की ब्रान्ड एम्बेसडर हुन्। जसको पहल त्यही एनजीओले गरिरहेको छ। यसले वेश्यालयबाट जोगाएर ल्याइएको केटीहरूको शिक्षा र तालिमको व्यवस्था गर्ने गर्छ। यसले केटीहरूलाई वकिल बनाएर न्यायिक व्यवस्थाभित्र काम गर्न सक्षम बनाउने गर्छ। ‘म यो मुद्धामा निकै संवेदनशील छुँ। चाहन्छु, सरकारले यो एनजीओकी सह–संस्थापकलाई भारतको भिजा उपलब्ध गराएर सहयोग गरोस्’, उनले भनिन्।

मल्लिकाले भारतमा बाल तस्करीको विषयमा बनेको डकुमेन्ट्री ‘इन्डियाज एकिलिज हील’ मा काम गरेकी छिन्। जुन ‘फ्री अ गर्ल मुभमेन्ट’ का भोलेन्टियरले निमार्ण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah