काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले शपथ लिएका हु्न् । ओली मुलुकको ३८ ‌औं प्रधानमन्त्री बनेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीलाई बिहीबार नै राष्ट्रपति भण्डारीले संविधानको धारा ७३ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुलीलगायत उपस्थित थिए ।

यसैगरी, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वसभामुख एवम् विभिन्न प्रदेशका प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी तथा व्यवसायी समारोहमा उपस्थित थिए ।

निर्वाचन आयोगले बुधबार साँझ राष्ट्रपतिसमक्ष निर्वाचनको परिणाम बुझाएपछि बिहीबार एमाले र माओवादी केन्द्रका शीर्ष नेताका साथ राष्ट्रपति कार्यालय पुगेका ओलीले भावी प्रधानमन्त्रीमा दाबी पेस गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसअघि २०७२ साल असाेजमा प्रधानमन्त्री बनेका अाेलीले ९ महिना सत्ता सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah