विष्णुप्रसाद पोखरेल

दमक/ झापा गौरादहका स्थायी बासिन्दा रहेका हिक्मत कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री बनेकाछन् । यो मन्त्रलायले गृह समेत हेर्ने गर्दछ ।  उनि मुख्यमन्त्रीका दाबेदार समेत रहेका थिए । मुख्यमन्त्रीका नजिक तथा विश्वासपात्रको रुपमा कार्कीलाइ लिइन्छ ।

यसलाइ शक्तिशाली मन्त्रालयको रुपमा लिइन्छ । झापा गौरादह जन्मथलो भएका हिक्मत कार्की बिद्यार्थी आन्दोलनमा नौलो नाम होईन । लामो सयम राजधानीमा नै रहेका कारण उनले राष्ट्रिय राजनीतिलाई समेत राम्ररी बुझ्ने मौका पाए ।

बिद्यार्थीहरुको नेताको रुपमा सधै कुनै न कुनै रुपमा काम गरिरहेका कारण आज एमालेलेमात्र नभइर राप्रपा सहितको बाम गठबन्धनले उनलाइ बिश्वास गरेर झापा क्षेत्र नं. ५ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो ।

अहिले उनि हेभिवेटका नेता नै हुन् । उनले प्रतिनिधिसभा सदस्यमा पनि दाबी गर्न सक्थे तर पार्टीले प्रदेशको जिम्मेवारी दिएपछि त्यसलाइ स्वीकारे ।

२०२३ साल असार ८ गते जन्मेका कार्की सानैदेखि बिद«ोही स्वभावका रहेका थिए र शोषण दमन सहनु हुदैन भन्ने उनमा लागेको थियो । यसै कारण उनमा सानै उमेरमा राजनीतिक चेतना बढ्यो ।

२०३५/०३६ सालको बिद्यार्थी आन्दोलनबाट प्रभावित भएर गौरादहको जनता उच्च माबिमा कक्षा ७ मा पढ्दापढ्दै अनेरास्वबियुमा प्रवेस गरेको पुरना दिन अहिले उनी सम्झन्छन् ।

यसबाट शुरु भएको बिद्यार्थी राजनीतिले धरानमा आइएल पढ्दा झागिदै गयो । २०४० सालमा नै तत्कालीन पार्टी सक्रीय दलमा लागे । २०४४ सालमा थप उच्च शिक्षाका लागि काठमण्डौ हानिए ।

सानै उमेरमा बिद्यार्थी संगठनमा आबद्ध भएका उनी २०४८ सालमा अनेरास्वबियुको केन्द्रीय सदस्य, २०५० सालमा सचिव, २०५२ सालमा उपाध्यक्ष र २०५५ सालमा अध्यक्ष बने । त्यसपछि पनि निरन्तर बिद्यार्थी आन्दोलनसंगै पार्टीका बिभिन्न कमिटीहरुमा रहेर काम गर्न थाले ।

मिजासिलो स्वभाव, स्पष्टबक्ता र पार्टी भित्र ईमान्दार कार्यकर्ताको छवी बनाएकाले पनि उनले बिद्यार्थी राजनीतिमा राम्रो पकड जमाएका थिए । त्यसै कारण पनि उनि अहिलेसम्म यहाँ सम्म आइपुगे ।

कार्की पछिल्लो समयमा पार्टी कामममा झापामा रहेका थिए । निरन्तर रुपमा महाअधिवेसन प्रतिनिधिको रुपमा चुनिदै आएका उनलाई राजधानी बस्ने आरोप नलागेको होइन तर उनलाई यो आरोपलाई चिर्न सफल भए र एमालेको केन्द्रिय सदस्य पनि बने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah