काठमाडौँ, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार प्रधानमन्त्री हुने कुरा लगभग बुधबार नै टुङ्गिसकेको थियो । बुधबार बसेको एमाले स्थायी समिति बैठक, माओवादीको केन्द्रीय कार्यालय बैठक र वाम एकता संयोजन समितिको बैठकले ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको थियो ।

फलस्वरुप, बिहीबार उनी नेपालको ४१ औँ प्रधानमन्त्री बने । ओली बिहीबार प्रधानमन्त्री बन्ने पक्का भएपनि मन्त्री कसलाई बनाउने भन्ने विषय एमाले–माओवादीले टुङ्ग्याएका थिएनन् । दुई दलबीच मन्त्रीको भागबण्डा मिलाउनै बाँकी छ । सैद्धान्तिक विषयमा सहमती नभएको भन्दै माओवादी हाललाई सरकारमा नजाने मनस्थितीमा पुग्यो । बिहीबार माओवादीले आफ्नो तर्फबाट कसैलाई पनि मन्त्रीमा सिफारिस गरेको छैन ।

एमालेबाट पनि कसलाई मन्त्री बनाउने भन्ने नेताहरुबी सहमति बनिसकेको थिएन । बिहीबार दिउँसोसम्म एमालेबाट महासचिव इश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली मन्त्री बन्ने चर्चा थियो । तर, अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीले मोरङ–६, बाट निर्वाचित लालबाबु पण्डित र समानुपातिक सांसद थममाया थापा मगरलाई मन्त्री बनाए । मन्त्री बन्नुको केही अघिसम्म पण्डितलाई स्वयम्लाई आफू मन्त्री बन्ने कुरा थाहा थिएन ।

उनी पूर्वमन्त्रीको हैसियतमा दर्शकका रुपमा सपथग्रहण समारोहमा गएका थिए । उनी त्यतिबेला आश्चार्यमा परे जतिबेला उनलाई मन्त्रीको सपथका लागि तयार रहन प्रधानमन्त्री ओलीले खबर गरे । ‘चुनाव जितेपछि मन्त्रीको आश त जसलाई पनि भैहाल्छ’, दैनिक नेपालसँगको कुराकानीमा मन्त्री पण्डितले भने, ‘तर, आज मन्त्री हुन्छु भन्ने लागेको थिएन । केही कुरा पनि भएको थिएन । तर, अपर्झट मन्त्री बन्ने प्रस्ताव आयो ।’

खासमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पण्डितलाई आज जसरी पनि मन्त्री बनाउन भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई फोन गरेका थिए । नेपालको फोनपछि प्रधानमन्त्री ओलीको समेत सपथ केही समय धकेलिएको थियो । पण्डित एमालेभित्र माधव नेपाल समूहका नेतामा चिनिन्छन् । माओवादीले मन्त्रीको नाम नपठाउने संकेत पाएका नेपालले आफ्नो खेमाबाट एकजनालाई मन्त्री बनाउन ओलीलाई भनेका थिए । नेपालको फोनपछि दर्शक बन्न शितलनिवास पुगेका पण्डितले मन्त्रीको ‘चिठ्ठा’ पाए ।

तत्कालिन काँग्रेस सभापति सुशील कोइरालाको मन्त्रीमण्डलमा सामान्य प्रशासन मन्त्री हुँदा डिभी पिआर प्राप्त राष्ट्रसेवक कर्मचारीप्रति कसिलो नियम ल्याएर चर्चामा आएका पण्डितले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी कसरी निभाउलान् ? त्यो भने उनको कार्यकालले बताउने नै छ ।
दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah